नेपालगञ्ज नाकामा चहल पहल– आए ६ सय ८७ नेपाली, गए १ हजार ४ सय ८३ भारतीय

नेपालगञ्ज नाकामा चहल पहल– आए ६ सय ८७ नेपाली, गए १ हजार ४ सय ८३ भारतीय

  • 1.1K
    SHARES

  • नेपालगञ्ज । नेपाल भारत सीमाको बाट ६८७ नेपाली भित्रिएका छन् । बिहीबार अबेर राती उनीहरुलाई नाकाबाट नेपाल ल्याइएको हो ।

    नाकामा पुगेका ६ सय ८७ जनामध्ये क्वारेन्टाइनमा २ सय २१ जना छन् । नाकामा ४ सय ६६ जना छन् । बाँकेका सबैलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन्मा राखिएको छ । जसमा उपमहानगर नेपालगन्जका ५१ जना छन् । उनीहरुलाई १४ दिन् क्वारेन्टाइनमा राखिने छ ।

    क्वारेन्टाइनमा रहेका २ सय २१ मध्ये १ सय ७० जनालाई आ–आफनो पालिका पठाइने र  उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर पालिकाकै क्वारेन्टाइमा १४ दिन राखिने नेपालगन्जकी उपमेयर उमा थापा मगरले बताइन् । नेपालगन्ज उपमहानगरपालिकाका ५१ जनाको भने पीसीआर परीक्षण गरिने उनले जानकारी दिइन् ।

    बाँके प्रहरी प्रवक्ता शिव बहादुर सिंहले नेपालबाट १ हजार ४ सय ८३ भारतीयलाई भारत पठाएको जानकारी दिएका छन् ।

    मुख्य नाका बाहेक भित्रि नाकाबाट भने नेपालीहरु आइरहेका छन् । भारतमा रेल सञ्चालनमा आएपछि विभिन्न नाकाबाट नेपालीहरु आएका हुन् । बाँकेको नरैनापुर गाउँपालिकामा ४ सय ४१ र डुडुवा गाउँपालिकामा ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि खाली हुन थालेका बाँकेका क्वारेन्टाइनले अब भारतबाट नागरिक भित्रिन थालेपछि धान्न नसक्ने अनुमान गरिएको छ ।

    • शुक्रवार, जेठ २ २०७७०६:५२:२८
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ