हत्यामा संलग्न श्रीमती सहित ३ जना सार्वजनिकः यसरी भएकाे थियो हत्या

हत्यामा संलग्न श्रीमती सहित ३ जना सार्वजनिकः यसरी भएकाे थियो हत्या

  • 1.8K
    SHARES

  • विराटनगर । विराटनगरमा औषधी व्यवसाय गर्दै आएका इटहरी १२ खनारका देवीप्रसाद दुलालको हत्या नै भएको निष्कर्ष निकाल्दै मोरङ प्रहरीले हत्यामा संलग्न उनकी श्रीमतिसहित ३ जनालाई सार्वजनिक गरेको छ । अनलाइन पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले दुलालको हत्यामा संलग्न योजनाकार श्रीमती मीना श्रेष्ठ दुलाल, उनको फार्मेशीबाट ५ महिनाअघि निकालिएका ब्रम्महदेव साह र उनका भाइ इटहरी १२ खनारका सोनु साहलाई सार्वजनिक गरेको हो । श्रीमती र ब्रम्महदेव साहको डेढ महिनाअघिबाट बनेको योजनाअनुसार देवीको हत्या भएको प्रहरीले जनाएको छ । सोनुलाई आज मात्र प्रहरीले पक्राउ गरेको हो । सधैझैँ देवीप्रसादले आफ्ना केही औषधी व्यवसायीहरूसँग बसेर मदिरा र खाजा खाएका थिए । उनी प्राय जसो सधै बेलुका भएपछि साथीभाइ बोलाएर खाजापानी खाने गर्थे । यो कुरा सबै इमो च्याटबाट श्रीमती मीनाले ४ वर्ष सँगै काम गरेका ब्रम्महदेवलाई जानकारी दिने गरेकी थिइन् । ब्रम्महदेव उनको पसलमा काम गरेको केही समयपछि देवीप्रसाद र मीनाबीच खटपट सुरु भएको थियो । मीनाले आफूलाई श्रीमानले सधैँ शंकाको नजरले हेर्ने गरेको, नानाथरी भन्ने गरेको, कुटपिट समेत गर्ने गरेको र आफू पिडित भएको भन्दै ब्रम्मदेवलाई भन्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । श्रीमती मीनाले पछिल्लोपटक केही समयदेखि श्रीमानलाई पाठ सिकाउने भन्दै ब्रम्महदेवसँग श्रीमानकै सामु खुलेर कुराकानी सुरु गरेकी थिइन्, सो कुरा देवीप्रसादलाई मन परेको थिएन । सोही विषयमा उनीहरूबीच झगडा मात्रै नभई कुटाकुट हुने हुने गरेको थियो । हत्या भएको दिन साँझ ७ बजेसम्म देवीप्रसादले केही नजिकका व्यवसायीसँग घरमै मदिरासहित खाजा खाएका थिए । मदिराले मातेपछि उनीसँगै खाजा खानेहरु आआफ्ना घरतर्फ लागेका थिए । त्यसपछि श्रीमती मीनाले ब्रम्महदेवलाई फोन गरेर घर बोलाएकी थिइन् । ब्रम्महदेव मोटारसाइकलमा सोनुलाई लिएर रातको करिब १० बजे मीना बसेको घर आएका थिए । ब्रह्मदेव आएको चाल पाएकी उनले आफैँ घरको ढोका खोलेकी थिइन् । उनले श्रीमान् अझै सुतिनसकेकाले सारासर घरको छतमा जान भनेकी थिइन् । सोही अनुसार ब्रम्महदेव र सोनु छतमा गएका थिए । श्रीमान् श्रीमती केही समयदेखि अलग अलग खाटमा सुत्ने गरेका थिए । ८ वर्षका छोरा नुतन भने अर्को कोठामा सुत्ने गरेका थिए । देवीप्रसाद मदिराले लठ्ठ भई निदाएपछि मीनाले घरको छतमा रहेका ब्रम्महदेवलाई बोलाइन् । त्यसपछि ब्रम्महदेवले देवीप्रसाद सुतेको खाटमा गई नाइलनको डोलीले घाँटी थिचे । त्यसपछि बिउँझिएका देवीप्रसादले प्रतिकार गरे । उनले प्रतिकार गर्दा सोनुले खुट्टा समाउने काम गरे । प्रतिकारका क्रममा डोरी समेत चुट्टियो । त्यसपछि हातले घाँटी थिचे । दुलालले प्रतिकार गर्दा झ्यालमा ठोकिएर चोट समेत लाग्यो । देवीप्रसादको मृत्युभएपछि ब्रम्महदेव र सोनुले जिउँदै छ कि भनेर लात्ती र हातले हिर्काएका थिए । यी सबै घटना सँगै बसेर श्रीमती मीना उनीहरुलाई आवश्यक पर्ने सामग्री दिएर टुलुटुल हेरेर बसेकी थिइन् । ११ बजे रातीभित्रमा देवीप्रसाद हत्या गरिसकेका थिए । घाँटीमा डोरीको डाम देखिएपछि पोन्ड्स् पाउडर दल्ने काम श्रीमतीले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्नहरूले सर्जिकल पन्जा हातमा प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए । देवीप्रसादको हत्यापछि रातको २ बजेसम्म श्रीमती मीनासहित ३ जना सोही कोठामा बसेका थिए । त्यसपछि योजना अनुसार नै ब्रम्महदेव र सोनु आफ्नो कोठातर्फ लागे। उनीहरु घटना स्थलबाट निस्कनासाथ मीनाले साँझ देवीप्रसादसँग बसेर मदिरा र खाजा आएका साथीमध्येका एकलाई फोन गरेर श्रीमान कोठामा सिरियस बिरामी भएको र शरीर समेत चिसो भएको भेटेको भन्दै चाँडो आउन भनिन् । फोन आउनासाथ ती साथी एम्बुलेन्स लिएरै घटनास्थल आए । उनैले देवीप्रसादलाई लिएर अस्पताल गए । मीना भने केही समय ढिला छिमेकीको मोटरसाइकलमा अस्पताल पुगेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक अधिकारीले बताए । घटना स्थलबाट प्रहरीले ४ थान मोबाइल र देवीप्रसादले प्रतिकार गर्दा घाँटीमा लगाएको सिक्री दुई टुक्रा भएको अवस्थामा प्रहरीले बरामद गरेको छ । साथै पोण्डस् पाउडर, सर्जिकल पन्जा, सिरकको खोल लगायतका सामाग्री पनि बरामद गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए । देवीप्रसादको हत्यामा संलग्न ब्रम्महदेवका भाइ पर्ने सोनु भारतमा इन्जिनियर अध्ययन गर्दै आएका विद्यार्थी हुन् । उनी लकडाउन हुनुअघि इटहरी १२ खनार आएका थिए । देवीप्रसाद र मीनाबीच सानैबाट चिनजान थियो । सँगै पढेकाले सँगै पेपर म्यारिज गरी डेनमार्क गए । पछि उत्तै प्रेम विवाह गरी बसे । १० वर्षअघि प्रेम विवाह गरेका उनीहरु डेनमार्कबाट आएपछि विराटनगरमा बसेर औषधी व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ । श्रीमतीबाटै हत्या गरिएका देवीले ११ दिनअघि फेसबुकमा लेखेका थिए यस्तो स्टाटस इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार निवासी औषधी व्यवसायी देवीप्रसाद दुलालले हत्या हुनु ११ दिनअघि आफ्नो ज्यान श्रीमतीसहितबाटै असुरक्षित भएको जनाउ दिदै आफ्नो फेसबुकमा स्टाटस नै लेखेको फेला परेको छ । उनले आफ्नो फेसबुकमा लेखेको सो स्टाटसले प्रहरीलाई हत्यामा संलग्न भएकाहरुको नजिक पुग्न सहज भएको थियो । उनले श्रीमतिको चालमाल ठिक नभएको बुझिपछि पटक पटक सम्झाएको पारिवारिक श्रोतले बताएको छ । सम्झाउँदा पनि उनको चालमालमा सुधार नआएको उल्टै श्रीमान् देवीप्रसादलाई नानाथरीका कुरा गर्दै तनाव दिने काम गर्दै आएकी थिइन् । उनको औषधीकै डिलरमा काम गर्ने कामदारहरुसँगको हिमचिमका विषयमा श्रीमतिसंग पटक पटक झगडा समेत हुँदै आएको छिमेकीले बताएका छन् । श्रीमतीको खराब व्यवहारका कारण आजित भएका दुलालले ११ दिनअघि फेसबुकमा कोरोनासँग लड्ने हो, डराउने होइन । श्रीमतीसित डराउने हो लड्ने होइन । किनभने अहिलेसम्म दुईवटाकै औषधी आएको छैन । जनहितमा जारी सामाजिक सन्देश । शुभ दिन भनेर स्टाटस लेखेका थिए । उनले यस्तो स्टाटस लेखेको ठिक ११ दिनपछि श्रीमतीकै योजानमा उनको हत्या भएको हो । दुलाल र हत्याकी योजनाकार श्रीमती मिना श्रेष्ठ दुलाल पाँचथरमा रहँदा ओल्लो घर पल्लो घरमा हुर्किएका हुन् । सानैदेखि सँगै खेल्ने पढ्ने भएकाले उनीहरुबीच प्रेम बस्न गएपछि विवाह गरेका थिए । माओवादीको जनयुद्धकालमा देवीका भाइ माओवादी लागेपछि व्यवसाय गरेर बसेका उनका बुबासहित सपरिवार ०५८ सालमा इटहरी १२ खनार बसाइँ आएका थिए । बुबासमेत व्यापारमा पाँचथरमा कहलिएका भएकाले देवीले पनि विराटनगरमा औषधीको होलसेल पसल थालेका थिए । ८ वर्षको एक छोरासमेत रहेका उनी व्यवसाय राम्रो चल्न थालेपछि विराटनगर नै पसलसँगै जोडिएको घरमा डेरा गरी बस्दै आएको नाताले भाइ पर्ने आशिष दुलालले बताए । औषधीको डिलरकै रूपमा पसलको कारोबारर बढेपछि उनले एक बर्षअघि सिराहका ब्रम्महदेव साहलाई कर्मचारीका रुपमा पसलमा राखेका थिए । औषधीको भुक्तानी लिन पूर्वका विभिन्न बजारमा समेत जाने गरेका थिए । बाहिर जाँदा उनले श्रीमती र तिनै साहको भरमा पसल जिम्ममा लगाउने गरेका थिए । छिमेकी र अन्यबाट श्रीमति र पसलमा का मगर्ने साहबीचको गतिविधि ठीक नभएको चाल पाएका दुलालले एक वर्षपछि साहलाई कामबाट निकालेका थिए । साहलाई निकालेको विषयमा पनि श्रीमतिले दुलालसँग झगडा गरेकी थिइन् । उनलाई निकालेपछि दुलालको श्रीमतीसँग दैनिकजसो झगडा हुँदै आएको थियो । साहलाई निकालेको करिब ६ महिना जति भएको थियो । श्रीमती मीनाको योजना अनुसार हल्का पाटी खुवाएको र राती ११ बजेको समयमा विराटनगरमै रहेका साहलाई बोलाएर हत्या गरेको खुलेको भाइ आशिषले बताए । देवीप्रसाद दुलाल परिवारका एकदमै इमान्दार मिजासिला थिए । उनी आफ्नो व्यवसायबाहेक दायाँबायाँ केही जान्दैनथे । उनका बुबा रामप्रसाद दुलाल दुलाल बन्धु समाजका केन्द्रिय अध्यक्ष समेत थिए । उनले पाँचथरमा करोडौँको सम्पति छोडेर आएको पीरले ०७३ भाद्र ५ गते आफ्नै निवासमा आत्महत्या गरेका थिए । ३३ वर्षीय दुलाल आइतबार बिहान शंकास्पद अवस्थामा उनकै डेराबाट मृत भेटिएका थिए । उनको हत्यामा संलग्न साह र उनकी श्रीमती मीनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    • सोमवार, जेठ ५ २०७७०९:०४:१४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ