एजेन्सी। चीनको बुहानबाट फैलिएको कोरोना भाइरसका कारण संसारभरि ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमितको संख्या भने ४८ लाख नाघेको छ ।
पछिल्लो अध्यावधिक तथ्यांकअनुसार विश्वभर गत २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् भने सोही समयमा विश्वभर ३ हजार ४ सय ४५ जनाको मृत्यु भएको छ।
वर्ल्डाेमिटरको तथ्यांकअनुसार विश्वभर करिब ४४ हजार ७ सय ६४ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको छ। त्यस्तै २६ लाख ६२ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
यसैबीच कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै ९१ हजार ९ सय ८१ जनाको मृत्यु भएको गएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार भन्दा धेरै पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उता युरोपेली मुलुकहरूमध्ये कोरोना भाइरसबाट बेलायत सबैभन्दा बढी प्रभावित भएको छ। प्राप्त पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ७ सय ९६ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।
नेपालमा अहिलेसम्म ३ सय ९० जना संक्रमित फेला परेका छन् भने दुइ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ३७ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा पछिल्लो समय भारतबाट फर्किएकाहरूमा ठूलो मात्रामा कोरोना संक्रमण देखिएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ