बाँकेका सबैजसो क्वारेन्टाइनको व्यवस्थापन अस्तव्यस्तः बाँकेमा ८१ संक्रमित नरैनापुरका मात्रै ५६

बाँकेका सबैजसो क्वारेन्टाइनको व्यवस्थापन अस्तव्यस्तः बाँकेमा ८१ संक्रमित नरैनापुरका मात्रै ५६

  • 1.5K
    SHARES

  •                                                                                        फाइल फाेटाे

    नेपालगञ्ज । बाँकेको नरैनापुरमा मात्रै १३ वटा क्वारेन्टाइन छन् । जहाँ सात सय ७९ जनालाई राखिएको छ । तर, कुनै पनि क्वारेन्टाइन मापदण्डअनुसारका छैनन् । कतिपय क्वारेन्टाइन झ्याल–ढोका नभएका विद्यालयमा छन् । कतिपयमा बिजुली, शुद्ध खानेपानी, उचित शौचालय पनि छैन । सर्पको खतरा भए पनि यहाँको क्वारेन्टाइनमा बसेकाहरू भुइँमा सुत्न बाध्य छन् । गाउँपालिकाले एउटा झुल, ओढ्न तन्ना र बिछ्याउने फोमबाहेक केही नदिएको क्वारेन्टाइनमा बसेकाहरू बताउँछन् । प्रत्येक क्वारेन्टाइनमा पाँचजनाका दरले चिकित्सक हुनुपर्ने प्रावधान प्रदेश सरकारले तोके पनि स्थानीय तहले यस्तो व्यवस्थापन गरेका छैनन् । राप्तीसोनारी गाउँपालिकामा तयार गरिएका कुनै पनि क्वारेन्टाइनमा चिकित्सक र इन्टरनेट नभएको वडा नं ७ का अध्यक्ष रामलखन थारूले बताए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत धीरजंग शाहले पनि अधिकांश क्वारेन्टाइनको मापदण्ड नपुगेको बताए । खजुरा, नेपालगन्ज, कोहलपुर र बैजनाथ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा इन्टरनेट सुविधा भए पनि चिकित्सकको व्यवस्था नभएको बताए ।

    बाँकेमा ८१ संक्रमित नरैनापुरका मात्रै ५६

    बाँकेमा संक्रमितको संख्या ८१ पुगेको छ । नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ४७ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । २४ संक्रमित नेपालगन्ज उपमहानगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ‘सोमबार ४७ जना थपिएसँगै नरैनापुरमा संक्रमितको संख्या ५६ पुगेको छ,’ स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले भने । यसमध्ये एकजनाको मृत्यु भइसकेको छ ।

    • मंगलवार, जेठ ६ २०७७०९:२१:०६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ