मन्त्री भुसालको ‘हिरा’ कार्यक्रम बजेटमा परेन, ओली निकटस्थ भन्छन्ः अव्यावहारिक, भावनात्मक

मन्त्री भुसालको ‘हिरा’ कार्यक्रम बजेटमा परेन, ओली निकटस्थ भन्छन्ः अव्यावहारिक, भावनात्मक


मन्त्री भुसालको ‘हिरा’ कार्यक्रम बजेटमा परेन, ओली निकटस्थ भन्छन्ः अव्यावहारिक, भावनात्मक

काठमाडौँ । आर्थिक वर्ष २०७७/०७८ को बजेटबारे कृषिमन्त्री घनश्याम भुसाल असन्तुष्ट देखिएका छन् ।

सरकारले संघीय संसदसमक्ष बिहीवार प्रस्तुत गरेको बजेटमा ‘कृषि क्रान्तितर्फ उन्मुख हुन’ विभिन्न योजना समेटेको भए पनि बजेटमा महत्वाकांक्षी कुरा नसमेटिएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल असन्तुष्ट भएको बताइन्छ ।

मन्त्रालयका एक उच्चपदस्थ अधिकारीका अनुसार मन्त्रीले लोकप्रिय हुने ठानेको एउटा ुहिराु कार्यक्रम बजेटमा नपरेकाले सम्भवत उनी असन्तुष्ट भएका हुन् ।

महामारीका कारण भारत लगायत विभिन्न देशहरूबाट फर्किएका नेपाली युवाहरूलाई कृषिमा आकर्षित गर्न बजेटले विशेष प्राथमिकता दिनुपर्ने धारणा मन्त्री भुसालको रहेको र त्यसको निम्ति लगानीको अवसर सृजना गरिदिन मन्त्री उनले ुसंरक्षित कृषि र सुनिश्चित बचतु कार्यक्रम प्रस्ताव गरेका थिए।

कृषिमा लगानी उपलब्ध गराउने, उत्पादनको सामान सस्तो बनाउने, बीमा गर्ने र प्राविधिक सहयोग पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको थिय‍ो ।

उपज खेर नजाने सुनिश्चित गर्न उखु र दूधमा जस्तै अन्य उपजको पनि न्यूनतम मूल्य निर्धारण गरिदिने कार्यक्रममा उल्लेख रहेको मन्त्रालयका अधिकारी बताउँछन् ।

‘तोकिएको मूल्यमा पनि बिक्री भएन भने सरकारले नै खरिद गरिदिने तर त्यो खेर जाँदैन,’ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘मात्र कर्णालीको उत्पादन मोरङ वा मोरङको उत्पादन कर्णाली पुर्‍याउने अवधारणा हो। त्यो वितरण गर्ने नभई व्यवस्थापन हो। तर नीति तथा कार्यक्रममै त्यो योजना परेन ।’

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को बजेटमा गरीब, विपन्न तथा साना किसान लक्षित ‘ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रम’ चलाउने योजना छ । त्यसको विस्तृत खाका उल्लेख छैन।

यसअघि पनि मन्त्री भुसालले लकडाउनको मारमा परेका कुखुरा, अन्डा र दूध उत्पादक किसानको निम्ति राहत प्याकेजको प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लगेका थिए, त्यसको निम्ति ७० करोडदेखि एक अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको थियो ।

प्रधानमन्त्रीले आफ्नै तहबाट त्यसबारे घोषणा गर्ने आश्वासन दिएर त्यो कार्यक्रम रोकिएको थियो ।
बजेटमा कृषि मन्त्रीको कार्यक्रम नपर्नुमा प्रधानमन्त्री निकटस्थहरू ‘अव्यवहारिक भावनात्मक कार्यक्रम’ बजेटमा नपरेको हुन सक्ने बताउँछन् ।

कामना न्यूज

  • शुक्रवार, जेठ १६ २०७७०४:२०:५७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ