‘सरकारको कुरा मान्दा पनि रोग फैलिन्छ भने दोष हाम्रो कि सरकारको ?’

‘सरकारको कुरा मान्दा पनि रोग फैलिन्छ भने दोष हाम्रो कि सरकारको ?’


‘सरकारको कुरा मान्दा पनि रोग फैलिन्छ भने दोष हाम्रो कि सरकारको ?’

लकडाउनअघि जोरपाटी‍–शंखमुल चोकको बाटोमा सयभन्दा बढी टेम्पो गुड्थे। यस रुटमा चल्ने टेम्पो नयाँ बानेश्वर चोक हुँदै जोरपाटी‍–आरुबारीसम्म पुगेर फर्कन्थे। एक दिनमा पाँचदेखि ६ पटकसम्म फन्को मार्थे ।

सबेर ५ नबज्दै उठेर यात्रीलाई आफ्नो गन्तव्यसम्म पुर्याएर अनि साँझ अबेरसम्म टेम्पो चलाएर परिवारको खर्च टार्नेमध्ये एक हुन्, लक्ष्मी थापा मगर।

लकडाउन हुनुअघि उनी ग्यारेजमा राखेको आफ्नो ५३३४ नम्बरको टेम्पो निकाल्थिन्। त्यसपछि सुरु हुन्थ्यो, शंखमुलबाट एक दिन जोरपाटी र अर्को दिन आरुबारी हुँदै फेरि शंखमुलसम्मको यात्रा।

उनी भन्छिन्, ‘घरमा समय दिन भ्याइ(नभ्याइ हुन्थ्यो। दिनको दस ट्रिपसम्म गरिन्थ्यो ।’

यसरी टेम्पो चलाइर महिनामा औसत २५–३० हजार रूपैयाँसम्म कमाउँथिन् लक्ष्मी।

छ जनाको जहान चलाउने मुख्य आधार त्यही टेम्पोको कमाइ भएको उनी बताउँछिन्। ‘कामधन्दा ठप्प छ। आम्दानीको अर्को बाटो छैन। कहिलेसम्म धान्न सकिएला खै,’ उनलाई कोरोनाले भन्दा बढी भोकले सताएको बताउँछिन् ।

खानका लागि बाँच्ने र बाँच्नका लागि खाने पिरभन्दा ठूलो समस्याले उनको मनमा ढ्यांग्रो ठोकिरहेको छ, साढे सत्र लाख ऋणको भार।

‘टेम्पो नचले पनि हरेक दिनको ब्याज तिर्नुपर्छ। काम नगरी कसरी तिर्ने, कहिले तिर्ने ?’ उनले दुःख पोखिन्।

लकडाउनका कारण ऋण तिर्न सकेकी छैनन् उनले । ‘तर लकडाउन कि के भन्छन् नि, त्यसले बर्बाद गर्‍यो,’ लक्ष्मी भन्छिन् ।

उनले दस वर्षभन्दा बढी साहुको टेम्पो चलाएपछि आफ्नै टेम्पो किनेकी हुन्। साहुको कचकचबाट दिक्क भएर आफैँ टेम्पो धनी हुने स्वभाविक रहरले उनले आफ्नै टेम्पो किनेकी हुन्।

‘आफ्नै टेम्पो हुनु भनेको कमाएको सबै पैसा आफैंले पाउनु थियो। सञ्चो–विसञ्चो र साह्रो–गाह्रोमा आफ्नै निर्णय लिनु थियो,’ उनले भनिन्।

उनले भनिन्, ‘बन्द खुलेन भने टेम्पो नै लैजाऊ, ब्याट्री नै लैजाऊ भन्ने त होला।’

रामेछाप, सुनपाती गाउँपालिका-२ की लक्ष्मी बीस वर्ष काठमाडौँ आएको बताउँछिन्।

‘तर कताकता हेपिएको, इज्जत नपाएजस्तो भयो,’ लक्ष्मीले भनिन्, ‘काम लगाएर महिनाको पाँच सय रुपैयाँ दिन पनि ज्वरो आउला जस्तो व्यवहार गरेको मन परेन।’

‘तर त्यसमा गुणा, भागा गर्नुपर्ने रहेछ,’ अभिभावकले पढ्न नपठाउनुको घाटा सुनाइन्, ‘नपढ्ने मान्छेले राम्रो काम पाउन सक्दैन भन्ने बुझेपछि टेम्पो सिक्छु भन्ने निधो गरेँ।’

बाह्र वर्षअघि उनले आफूजस्तै महिलाले टेम्पो चलाएको देखिन्। पुरानो बानेश्वरमै बस्ने चन्द्र दाइको सहयोगमा उनले टेम्पो चलाउन सिकिन्।

‘अरुको टेम्पो भएकाले सिक्ने समय एकदमै थोरै हुन्थ्यो। त्यसैले एक महिनाभन्दा बढी लाग्यो,’ उनले भनिन्। अभ्यास नगरे पनि फुर्सद निकालेर चालकले कसरी चलाउँछन् भनेर अवलोकन गरिराख्थिन् रे !’

‘लकडाउन बिर्सिदिने हो भने, टेम्पो चलाएर आउने आम्दानीबाट उनको खाने र छोराछोरी पढाउने खर्च चलेको छ,’ लक्ष्मीले भनिन्, ‘आफू नपढे पनि छोराछोरी पढाउन पाउनु नै मेरो सबभन्दा ठूलो सन्तुष्टि हो।’

‘छोराछोरी सबै घरमा भएपछि छिनछिनमा खान खोज्ने उनको अनुभव छ, ‘कमाइ होस् नहोस्, ओर्कोफोर्को जे भए पनि आमा पैसा चाहियो भन्छन्। अलिअलि भएको पनि सकिइसक्यो।’

२०–२५ हजार आम्दानी भए र ऋणको ब्याज तिर्नु नपरे मात्रै पनि ठूलो राहत मिल्ने बताउँछिन्।

‘हामी सबै रोग नफैलिओस् भनेर घरमा बसेको होइन र ? सरकारको कुरा मान्दा पनि रोग फैलिन्छ भने दोष हाम्रो कि सरकारको ?’ उनले प्रश्न गरिन्।

अब त अत्ति भयो भन्दै ज्यालादारीमा भए पनि काम खोजिरहेकै बेला लकडाउन केही खुकुलो भयो। सामान्य चिया खाजाका पसल खुल्न थाले। उनी बस्ने छेउमै काका–काकी रामेछाप गएकाले उनीहरूको खाजाघर बन्द थियो।

अर्को विकल्प नहुन्जेल गत हप्तादेखि उनी यही खाजाघर खोल्न थालेकी छन्।

थोरै भए पनि आम्दानी हुने र समय काट्ने बहाना भेटाएकी उनले हाँस्दै सुनाइन्, ‘अर्को विकल्प नहुन्जेल यो काम गरिराख्न पाए हुन्थ्यो।’

 

कामना न्यूज

  • बिहिवार, आषाढ ११ २०७७०९:५८:२५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ