काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघका पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दीपकबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वसांसद गुरुङको शुक्रबार काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत गुरुङको निधनबाट काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । विसं १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मएका गुरुङ ब्रिटिश आर्मीबाट रिटायर्ड मेजर थिए ।
उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडिसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए । ब्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पुर्याएको योगदान र बलिदानको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनको उनका एक नेतृत्वकर्ता रहेका थिए ।
स्व गुरुङ नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष रहेका र उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको संघठनमा सक्रिय भूमिका निर्वाह गरेकाे पार्टी कार्यालयले जनाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ