अफगानिस्तानमा भिडन्त, २४ जनाको मृत्यु

अफगानिस्तानमा भिडन्त, २४ जनाको मृत्यु


अफगानिस्तानमा भिडन्त, २४ जनाको मृत्यु

काबुल । अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षाकर्मी र अतिवादी तालिबानबीच भएको भीडन्तमा २४ जना भन्दा धेरैको मृत्यु भएको छ।

प्रहरीले तालिबानी आक्रमणको प्रतिकार स्वरूप गरेको कारवाहीमा १२ जना तालिबानी मारिएका हुन्।

घटनामा १२ जना सुरक्षाकर्मी पनि मारिएको जनाइएको छ।

सरकारी अधिकारीहरूका अनुसार सोमबार बिहान उत्तर कुन्दुजस्थित प्रहरी चौकीमा तालिबानी समूहले हमला गरेको थियो।

उक्त आक्रमणपछि सुरक्षाकर्मी र तालिबानीबीच दोहोरो गोली हानाहान भएको थियो । जहाँ १० जना घाइते समेत भएका छन्। सुरक्षाकर्मी र लडाकुतर्फ कतिको क्षति भयो भन्ने यकिन विवरण भने आइसकेको छैन। यद्यपि प्रहरीले १२ जना सुरक्षाकर्मीको ज्यान गएको जनाएको छ।

यसवाहेक १२ भन्दा बढी लडाकुको ज्यान गएको स्थानीय मिडियाले जनाएका छन्। सोही क्षेत्रमा अफगान सेनाको कारवाहीको क्रममा २५ भन्दा धेरैको मृत्यु भएको थियो। अफगानिस्तानमा तालिबानीसँगको वार्ता विफल भएपछि तालिबानी समूह पछिल्लो समय आक्रामक बन्दैआएको छ।

कामना न्यूज

  • सोमवार, श्रावण ५ २०७७०४:०२:४७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ