काठमाडौँ । वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो ।
त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका कारण शनिबारदेखि नेपालमा मनसुन सक्रिय हुने क्रम बढ्ने उनले बताए ।
विशेष गरी प्रदेश १, २ र बाग्मती प्रदेशमा वर्षा हुने सम्भावना छ । यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुनेछ । मनसुनी रेखा नेपालतर्फ अगाडि बढ्दा त्यसको असर भने शुक्रबारदेखि नै नेपालमा देखिन थालेको छ । महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि ठूलो वर्षा हुनेछ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३