नेपालमा झन्डै पाँच सयभन्दा बढी बाल आश्रमहरू छन्। जसमध्ये झन्डै दुई सयभन्दा माथि बालआश्रम काठमाडौँ उपत्यकामा रहेका छन्। अहिलेसम्म यी बालआश्रम कसरी र कोद्वारा कस्तो अवस्थामा चल्दै आएका छन् भन्ने कुरामा हामी अनभिज्ञ नै छौँ।
केही वर्ष यता बेला बेला म केही बालआश्रममा जाने गर्छु। अवस्था हेर्दा असाध्यै दयालाग्दो हुन्छ आश्रमको। मैले देखेका बाल आश्रम अहिलेसम्म हात थापेर दानकै भरमा चलेका छन्। यसमा सबै नपर्लान तर अधिकांश बाल आश्रमको अवस्था उस्तै छ। हामीलाई आफ्नै जीवन चलाउन मुस्किल छ, यो शहरमा। यस्तो महँगो सहर (बाले खाएको छोरा र छोराले खाएको बाउ हेर्ने शहर हो भनेर भनिन्छ नै) तर, हजारौं समस्या छन् चुनौती छन्। एउटा बाल आश्रमभित्र, कयौँ पीडा छन्। समाज सेवा सजिलो छैन। सप्रे भने डलरले र बिग्रे आलोचना खेप्नु पर्छ र आम संचालकको पीडा उस्तै छ। फेरि हामी नेपाली असाध्यै सिपालु छौँ न्यायाधीश बन्नलाई।
पुष्पा अधिकारी समाजसेवी हुन्। यसलाई हामीले स्वीकार्नै पर्छ। उनले जसरी चलाए पनि अरुको लागि नै काम गरिरहेकी छन्, यो प्रष्ट छ। कसैलाई रहर हुँदैन यसरी अनेक समस्या झेलेर यो पेसा गर्न। पुष्पा अधिकारी एक उदाहरण मात्रै हुन्। यस्ता कयौँ महिला छन्, जो बाल आश्रम संचालन गरिरहेका छन्। यस्तो प्रकारको घटना पहिलो भने हैन। स्वरूप फरक होला तर लाञ्छना अरु सञ्चालकलाई पनि पहिला लागेकै हो।
काम गर्न सजिलो पक्कै छैन सजिलो हुन्थ्यो त सबैले गर्थे। तर अहिले पुष्षा अधिकारीको घटना हेर्दा पुष्षाको आफ्नो सानो कमजोरीले आफै बदनाम हुन पुगिन् उनले गरेको गल्तीको सजाय उनले भोग्नै पर्छ।अर्को कुरा यत्रो संस्था यतिका वर्ष चलाउँदै आइरहेकी पुष्पा अधिकारीले यस्ता खाले घटना घटाउनु उनको गल्ती हो। त्यो स्वीकार गरेको अवस्था पनि छ। सजाय भोग्न तयार छु पनि भनिसकिन् । उनले कानुन बमोजिम सजाय पाउनु पर्छ भने पनि उनी तयार हुनै पर्छ। उनलाई कानुनले कार्वाही गर्ला नगर्ला भोलिको पाटो हो। अब ती बालबालिकालाई कसले हेर्छरु को जिम्मेवारी लिन सक्छ तिनकोरु यदि भोलि कसैले जिम्मेवारी नलिएको खण्डमा ती बालबालिका कहाँ जानेरु आखिर सडकमै हैन ?
भाग्य न्यौपानेको उदारता र पत्रकारिता कस्तो खाले पत्रकारिता हो ? पुष्पा अधिकारीले बच्चा ल्याएपछि पुष्पाकै गुणगान गाउने र रातारात सहयोग जुटाउन अपिल गर्ने पहिलो व्यक्ति पनि भाग्य न्यौपाने अनि अर्को दिन पुष्पा अधिकारीकै चरित्र हत्या गर्ने पनि भाग्य न्यौपाने। कठै मेरो देशका युट्युबका पत्रकारको हविगत। सबै पत्रकार यउटै छन् म भन्दिनँ। मलाई प्रश्न गर्न मन छ, आफ्नो जीविका चलाउन अर्काको जिन्दगीसित खेलवाड गर्ने पत्रकार साथीहरूलाई हिजो पुष्पाले कसरी चलाइन यो संस्था ? नेपाल सरकारले कति सहयोग गर्छ वार्षिक ? गाँस, बास कपास, शिक्षा, स्वास्थ्यको व्यवस्थापन कसरी हुन्छ होला ? कुन हविगत चलिरहेको थियोे संस्था भोलिको अवस्था कस्तो होला भन्ने कस्लाई थाहा छ। अब ती बालबालिकालाई कसले स्याहारसुसार गर्छ ? तिनका अभिभावक कहाँ छन् कसलाई था छ ? के यिनको भविष्य अब भाग्य न्यौपाने बदल्दिन्छन् जिम्मा लिन सक्छन त भाग्य न्यौपानेले ती ११ बालबालिकाको ?
हिजो १० हजार सहयोग गर्ने भाग्य न्यौपानेले अहिलेसम्म कुनकुन बालआश्रममा गएर कति सहयोग गरे छ डाटा उनीसित ? चरित्र हत्या गर्न सजिलो छ तर यी प्रश्नको जवाफ छैन उनीसँग पनि। समस्या यहाँ हजारौं छन् भन्नेतिर कहिल्यै ध्यान गएन। अझै पनि सञ्चालनमा रहेका बालआश्रम कस्तो अवस्था छन् भन्ने तिर पनि ध्यान छैन। मात्रै छ त कसैको जीवन माथि खेलवाड गर्ने र आफ्नो व्यापार बढाउने वाह क्या गज्जबको पत्रकारिता वाह।
अघिल्लो दिन आफै भगवान भएको साबित गरेर सानो सहयोग भनेर दुनियाँलाई देखाउनकै लागि पैसा दिने, अनि भोलिपल्ट अर्को बहानाले फिर्ता माग्ने ?
सायद उनको इज्जतमा दाग लगाउँदै गर्दा यसबाट पुष्पा अधिकारी भन्दा म बढी बदनाम भएँ भन्ने सम्झेनन्। उनले सोचे मैले सही गरे भनेर, तर अरुलाई नङ्याउन खोज्दा आफूलाई नाङ्गो अरुले बनाउँछन् भन्ने कुरा सायद बिर्सिए उनले। उनको यो हर्कत पहिलो हैन यो घटना भन्दा अघिल्लो घटनालाई सरसर्ती हेरौँ त विजय शाहीको। उस्तै छ घटना। अघिल्लो दिन विजयलाइ यसरी नै संसारलाई चिनाए, भोलिपल्ट भने तपाईंको क्षमता सबै झुटो रहेछ म त निराश भए।
अब आफै मूल्यांकन गरौँ उनको पत्रकारिताको। कस्तो खाले पत्रकारिता हो प्रष्ट बुझिन्छ उनी दुनियाँलाई पंगु बनाएर डलरको खेती गरिरहेका छन् यो सत्य हो।
किन हतार ? के का लागि हतार ? आखिर २ दिनमै चर्चा पाउन किन यो सब गरिरहेछन् युट्युबका केही पत्रकार ? किन धैर्यता राख्न सक्दैनन् ? पत्रकारको काम सत्य बाहिर ल्याउनु हो। तर, प्रशासन, वकिल, न्यायाधीश आफै बन्नु हैन यो कुरा बुझ्न जरुरी छ पत्रकार साथीहरूले। बिक्न भन्दा टिक्नमा जोड दिनु उत्तम हो। टिकियो भने बिकिन्छ तर टिकिएन भने बिकिँदैन यो ध्रुवसत्य हो।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ