दुई मिथकीय घोडाः युनीकोर्न र पेगासस

दुई मिथकीय घोडाः युनीकोर्न र पेगासस


दुई मिथकीय घोडाः युनीकोर्न र पेगासस

अक्सर जादुको किताब, परि कथा एवं फिल्महरूमा मिथकीय जीव देख्न मिल्दछ। तिनैमा मध्ये युनिकोर्न र पेगासस पनि प्रमुख हुन्। युनिकोर्न, पेगासस र यस्ता अनेकन मिथकीय अजिव पशुपंक्षी/जनावरहरूको कल्पना प्राचीन काल देखि चलिआएको छ। वास्तविक जगतमा यी पशुपंक्षी/जनावरहरूको भेटिएको छैन, तर डायनोसरको अस्तित्वबारे विभिन्न अध्ययन-अनुसन्धान भइरहेको छ, र अध्ययन-अनुसन्धानको बलमा मानव जगतले डायनोसरको अस्तित्वलाई स्वीकारिसकेको अवस्था छ।

युनिकोर्न एक सानदार घोडा हो, जसलाई प्रायाश स् सेतो रंगमा देखाउने गरिन्छ। जसको एक सिङ सामुन्ने निक्लिएको छ,जो अस्वभाविक रुपमा लामो र फरक रंग (इन्द्रेणी जस्तो) को छ। युनिकोर्न घोडाको ठुला-ठुला पखेटा भएका कारण उसले चामत्कारिक रुपमा आकाशमा उड्ने गरेको कथाहरू एसिया (मुख्यत दक्षिण एसिया) एवम युरोपभर प्रचलित छ।

उसैप्रकार, पेगाससलाई पनि जादुमयी किताब, हजुरआमाका कथा एवं फिल्महरूमा चित्रांकित गर्ने गरिन्छ। पेगाससलाई पनि आकाशमा उड्न सक्षम एक मिथकीय जीवको रुपमा परिभाषित गरिदै आइएको पाइन्छ।

मिथकीय जीव युनीकोर्न

1.png

युनीकोर्न घोडा ( Unicorn Horse) लोकप्रिय काल्पानिक जीव हो। युनीकोर्न शब्दको अर्थ (एक सिङ (One Horn) हुन् आउँछ। ल्याटिन भाषामा ‘जयचल’, ‘अयचल’मा रुपान्तरित हुन्। आउँछ जसको सिङ, जुरो एवं पुच्छर इन्द्रेणी जस्तो रंगिन रहेको देखाइन्छ।

प्रचलित कहानी अनुसार, युनीकोर्न घोडासँग जादुयी शक्ति थियो। यसको उक्त अस्वाभाविक सिङ मद्धतले जुनसुकै रोगव्याधि पनि निको गर्ने ल्याकात राख्दथ्यो। आफ्नो अनौठो एवं अकाल्पनिक शक्तिको मद्धतले युनीकोर्न कुनै पनि विषालु पदार्थको गूणदोष मेटाउन सक्षम थियो ।

क्रिश्चियन माइथोलीजी अनुसार, युनीकोर्न एक बहुत शक्तिशाली जीव हो। उक्त घोडालाई समात्न एवं बन्देज गर्न पवित्र व्यक्ति बाहेक अरुले नसक्ने बताइन्छ।

यहाँसम्म बताइन्छ कि, यदि कुनै पनि व्यक्ति साँचो एवं पवित्र छ भने जंगलमा गएर उसलाई समात्न जोडबल लगाउनु नै पर्दैन, युनीकोर्न स्वयं उकहाँ आउने गर्छ, र उसलाई उसको काममा मद्दत गर्ने गर्दछ। यसप्रकार युनिकोर्नलाई क्रिश्चियन समुदाय एवं जनमानस शक्ति, शान्ति र समृद्धिको प्रतिक मान्दछन्।

मिथकीय कहानीअनुसार, युनीकोर्नलाई पवित्रता, दयालु स्वभाव र नारी शक्तिको प्रतिकमा रुपमा पनि दर्शाएको पाइन्छ। युनिकोर्नलाई स्कटल्याण्डको प्राचिन जनावरको रुपमा लिईन्छ। प्राचील कालमा सामुन्द्रीक नाविकहरू निलो ह्वेल माछाको सिङ बताएर युनीकोर्नको सिङ बेचविखन गर्ने गरेको उक्तिहरू युरोपेली देशमा भेटिने गर्दछ।

Of the Persecuted by Angie Brashear, The Chronicles of Narnia, by C. S. Lewis, The Harry Potter Series, by J. K. Rowling लगायतका किताबमा यस घोडाको जादुमयी कहानीहरू सुरक्षित भेटिने गर्दछ।

मिथकीय जीव पेगासस

2.png

किस्सा-कहानीमा आकाशमा उड्न सक्षम घोडाको नाममध्ये एक हो (पेगासस (Pegasus)। पेगासस एक सफेद सेतो रंगको बलशाली घोडा रुपमा दर्शाइएको छ, जसको ठुला-ठुला दुई पंख समेत रहेका छन्।

पेगासस एक प्रजातिको जीव भन्दा बढी ग्रीक माइथोलोजी एक हिस्सा हो। ग्रीक माइथोलोजी अनुसार, पेगाससको उत्पति देवता पोसाएडन एवं मेडूसा (जसको कपाल सर्प जस्तो थियो) सँग जोडिएको छ। ग्रीक माइथोलोजी अनुसार पेगासस जेयुस देवतालाई बिजुली (विजुली चम्कदा निस्कने किरण) ल्याएर दिने गर्थ्यो।

वर्तमान समयमा पारसी ज्याकसन सीरीज (Percy Jackson Series, by Rick Riordan) अन्तर्गत पेगाससको उल्लेख भेटिन्छ।


युनीकोर्न र पेगासेसबीच अन्तर

युनिकोर्न र पेगाससबीच सबैभन्दा ठुलो फरक भनेको युनीकोर्न एकप्रकार जीवको प्रजाति रुपमा स्विकारीएको छ, जसलाई पृथ्वीमा भेटिएकोरदेखिएको बताइन्छ । तर, पेगाससको बारेमा फरक प्रचलित कथन भेटिन्छ, पेगासस देवताको पुत्र थियो, ऊ पृथ्वीमा देखिएको थिएन/होइन।

यी दुई मिथकीय घोडाबीचको अर्को अन्तर यो कि युनीकोर्नको दुई सिंग मध्ये एक सिंग अत्याधिक लामो, रंगिन र जादुमयी थियो, जहाँ पेगाससमा यसप्रकार सिङको वर्णन त परको कुरा सिङ नै नभएको उल्लेख छ। पेगाससको उल्लेख ग्रीक माइथोलीजी अलवा अन्यत्र भेटिएको छैन जबकी युनीकोर्नको उलेख दुनियाँभर (जापान, चीन, रसिया, मध्य एसिया एवं युरोप)  मा प्रचलित छ।

 

कामना न्यूज

  • शनिवार, श्रावण २४ २०७७१०:५६:२६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ