नेपालमा महिला दोस्रो दर्जाकाे नागरिकसरह बाँच्न बाध्य छन् भन्दा अत्युक्ति नहोला । दिनहुँजसो महिला हिंसाका घटना घट्नु पनि सामान्य भएको छ। पुरुषप्रधान समाजमा महिलालाई वस्तुसरह मानिन्छ। महिला हिंसा र यसका कारणहरूबारे पनि नेपालमा थुप्रै चर्चा भएको पाइन्छ।
महिला हिंसाको स्वरूप पनि समयसँगै परिवर्तन हुँदै गएको पाइन्छ। सदियौँदेखि महिलामाथि भइरहेको उत्पीडनमा अहिले कमी आउनुको साटो यसको स्वरूप फेरिएको छ। हिंसाको स्वरूप सतिप्रथा हुँदै एसिड आक्रमणसम्म आइपुगेको छ।
नागरिकका आर्थिक, समाजिक, राजनीतिक, सांस्कृतिक लगायतका आधारभूत अधिकारहरूबाट बञ्चित गरिएकाले पनि महिलाहरू अगाडि आउन सकेको छैनन्।
यहाँ मानव विकासकाे याे चरणासम्म आइपुग्दा पनि महिलाहरू किन पछाडि परिरहेका छन् भन्ने कुरामा विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूका धारणा उल्लेख गरिएकाे छ।
महिला अधिकारकर्मी रिता साह भन्छिन्, ‘ग्रामीण भेगका महिला अशिक्षित, गरीब छन्। उनीहरूको शिक्षामा पहुँच पुग्दैन। र यसलाई जातीय हिसाबले हेर्दा दलित समुदाय, मुस्लिम समुदाय र विपन्न वर्गको महिलाहरू शिक्षा, आर्थिक अवस्थाले पिछडिएका छन्। हाम्रो समाज पितृसत्तात्मक सोच र संरचना आधारित छ त्यसैले गर्दा समाजिक हिसाबले पनि महिलाहरु पछाडि परेका हुन्छन्। समाजमा भएका कुरिती कुरसंस्कारहरू छन् जस्तैः बालविवाह, दाइजो प्रथा, घरेलु हिंसा, एसिड आक्रमण लगााएतका अन्य हिंसाहरूले गर्दा पछाडिएको छन्।’
त्यसैगरि विद्यार्थी नेता आरती लामा भन्छिन्, ‘सात दशक लामो राजनीतिक, सामाजिक आन्दोलनपश्चात् मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा पहिलो महिला अध्यक्ष पाउनु गौरवको विषय हो। दक्षिण एसियाको अन्य मुलुकभन्दा हामी राजनीतिक र सामाजिक रूपमा अलि प्रगतिशील छौँ। स्थानीय सरकारको नेतृत्वमा महिला उपमेयर र वडा सदस्यहरूको उपस्थिति ४ सय ५ को नजिक छ भने संसदमा हामी संविधानमा लेखिएको ३ सय ३५ अधिकारका साथ उपस्थित छौ।’
तर के यो हाम्रो लागि पर्याप्त हो त ? के अझै हाम्रो समाजमा महिलाले आफूलाई स्वतन्त्र अथवा सम्मानजनक ढंगले बाच्न पाएका छन् त? भन्दा अझै पनि हाम्रा छोरी, बुहारी आमाले विभिन्न धर्म, संस्कृति, कुरितीको नाममा हेपिनु परेको, बलात्कृत हुनुपरेको, जिउँदै जल्नुपरेको, एसिडको पीडा खेप्नु परेको प्रशस्त उदाहरणहरू छन्। नेपाली समाज २१ औ शताब्दीको युगमा पनि अझै पितृसत्तात्मक संरचनामा बाँच्न बाध्य छन्। संविधानमा लेखिएका महिला अधिकार केन्द्रित कानुनहरुलाई कार्यन्वयनको तहमा बलियो ढंगले स्थापित गर्न जरुरी छ।’
त्यस्तै उनी अगाडि भन्छिन्, ‘समाज समृद्ध बनाउने हो भने महिलालाई पनि यो समाज परिवर्तनको संवाहक रूपमा हेरिनु पर्छ। राज्यको हरेक तह र तप्कामा महिलालाई समेटिनु पर्छ। महिला आफै पनि जागृत भर्इ सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुन जरुरी छ। राजनीति नै हाम्रो मुलुकको मुल नीति बनाउने हतियार हो। यहाँ महिलाहरूको उपस्थिति मात्र होइन प्रभावकारी, हस्तक्षेपकारी भूमिका बलियो ढंगले स्थापित गर्न जरुरी छ। हिजो हाम्रो हजुरआमा देखि आमा र मसम्म आइपुग्दा हामीले हाम्रो जीवनको महत्त्वपूर्ण समय अधिकारको प्राप्तिको आन्दोलनमा लगायो अझै पनि हाम्रो आन्दोलन जारी छ। हाम्रो सपना र चाहाना भोलि आउने दिनमा मेरो छोरी मेरो नातिनीले हाम्रो समाजमा महिलालाई दोस्रो दर्जाको नागरिक होइन कि समाज परिवर्तनको संवाहकको रूप समानता र समानका साथ यो मुलुक हाँक्न सक्ने वातावरण निर्माण गर्न जरुरी छ। सुन्दर समाज न कुनै पुरुष वा कुनै महिलाले मात्र सम्भव छैन, यो त दुवैको सुन्दर सहकार्यबाट सुन्दर समाज निर्माण गर्न सकिन्छ।’
त्यस्तै प्रगतिशील कवि बलराम तिमल्सिनाका अनुसार महिलाहरू पछि परेका होइनन्, जाल झेल गरेर पछि पारिएका हुन् । सम्पतिमा, समाजमा, शिक्षामा संस्कृतिमा र सत्तामा उनीहरूलाई लगभग प्रतिबन्धित र अपहेलित गरिएको उनको ठम्याई छ।
त्यस्तै उनी थप्छन्, ‘धार्मिक डण्डा लगाएर पुरुषको छत्रछायाँमा बस्न बाध्य बनाइएको छ। लामो समय सबै हिसाबले दासता भोग्दा भोग्दा अधिकांश महिलाहरू पुरुषलाई उछिन्न या प्रतिस्पर्धामा जान आफै हिचकिचाउँछन्। समाजले राजनीतिले प्रशासनले कसैले पनि साथ नदिएपछि निराश हुन्छन् र पछि परेर बस्नु मै आफ्नो नियति सम्झन पुग्छन्।’
कांग्रेस महासमिति सदस्य उदयकान्त यादवका अनुसार समग्रमा महिला पछि पर्नुको कारण शैक्षिक अवसरको कमी हुनु हो। महिलाको शैक्षिक योग्यता कम हुनुमा पुरूषको हात हुन्छ। किनभने पुरूषको नजरमा जो महिला पढेलेखेको हुन्छ उसको चरित्र बिग्रिएको हुन्छ भन्ने बुझिने गरिन्छ। किनकि पढेलेखेको महिला समानताको कुरा गर्छन्। हाम्रो समाजले त्यसलाई अति नारीवादी वा गैर सहकारी संस्थाको पैसा खाएर समाजको परम्परा बिथोल्ने महिलालार्इ आरोप लगाइन्छ। हाम्रो समाज जो पुरुषवादी छ। उसले महिलाहरुलाई विभिन्न नाम दिइएको छ। जस्तै शृंगार गर्ने छोटो लुगा लगाए उत्ताउली महिला, केटाहरुसँग गफगाफ गर्यो भने असंस्कारी महिला, राति अबेरसम्म घर फर्कनेलाई निर्लज्ज महिला, जाँडरक्सी सेवन गर्दा चरित्रहिन महिला, आधुनिक कपडा लगाएर हिँड्ने अमर्यादित महिला, आफू जानेको कुरा व्याख्या विश्लेषण गरेर गर्दा राय दिने अग्ले जिब्रो महिला यस्तो गर्ने महिलालाई विभिन्न आक्षेप लगाउने समाजको डरले महलहरुलाई मतलब आफ्नो बहिनी छोरीहरुलाई पढाउन खोज्दैन। जसकारण महिला पछि परेका हुन् यसमा महिला को शैक्षिक योग्यताको साथसाथै पुरुषको महिलाप्रति सोच्ने धारणामा परिवर्तन हुनुपर्छ त्यसैले भन्ने गर्दछु महिला सशक्तीकरण हैन पुरुष सशक्तीकरण हुन् जरुरी छ भन्ने धारण व्यक्त गरेका छन्।
साहित्यकार एवं सामाजिक न्यायका अध्येता होमराज आचार्य भन्छन्, ‘महिला पछाडि पर्नुमा जातीय व्यवस्था र वर्णव्यवस्थाको ठूलो भूमिका छ। पुरुषप्रधान समाजले निर्माण गरेको कथ्यमा दुई प्रकारका संरचनागत हिंसा हुन्छन्। सोचका संरचना र संस्थागत संरचनामा निर्मित हुने हिंसा। यी दुवै झट्ट हेर्दा देखिन्नन् तर यिनीहरुले महिला र पुरुष मनोविज्ञानमाथि कब्जा जमाएका छन्। हामी हिंसा स्वीकार गरेर र त्यसलाई संस्कृति, प्रचलन, र समुदाय, कुल इत्यादि नाममा विभेद संस्थागत गरिरहेका हुन्छौँ। माथि भनिएका हिंसाका संरचनाले महिलालाई शिक्षा, अवसर र आर्थिक मुक्तिको बाटोमा लामो समयदेखि बन्देज गरेको कारणले त्यसैको दीर्घकालीन असर स्वरुप महिला गाउँमा मात्र हैन, सहरमा पनि पछाडि नै परेका हुन्छन्। पुरूषप्रधान कथ्य निर्माण र त्यही कथ्यको उत्पादन पुनरुत्पादन भैरहेको छ र विना प्रश्न ती कथ्यहरूको उपभोग पनि भैरहेको छ। जबसम्म ज्ञानको उत्पादन र वितरणसम्बन्धमा पुनरावलोकन हुँदैन अहिलेको समाजको अन्तर्यमा रहेको हिंसाले निरन्तरता पाइरहने छ। नेपालमा अहिलेसम्म महिलाको लैंगिक, शैक्षिक र आर्थिक मुक्तिको आन्दोलन भएको छैन। नेपालका सबै सामाजिक आन्दोलनमा यो या त्यो तरिकाले विदेशी संस्थाहरुको लगाम हाबी देखिन्छ। सबै आन्दोलन र कथ्यनिर्माणका प्रक्रिया समेत उनीहरुका घरपालुवा भएको उनले बताए।
पत्रकार सुस्मा बराइलीका अनुसार महिला आफै पछाडि पर्ने हैनन्। महिलालाई गाउँ समाजमा मात्र नभएर हरेक तहतप्का पछाडि पारिन्छन्। महिलाको काम, विचार स्वीकार हुँदैनन्। सकेसम्म महिलालाई सीमित राख्न खोज्ने हाम्रो पितृसत्तात्मक चेतले सधैँ पछाडि परेको हुन्। मजबुत गराई राख्न महिलालाई धर्म, संस्कारको नाममा प्रशिक्षित गरी तयार गरिन्छ ताकी पुरुषले गरेका विभेद, भेदभावलाई सामान्य लाग्छ अथवा यो गर्नु गलत होइन धर्ममा नै त्यही छ भन्ने चेत बसालिदिन्छ। पितृसत्तात्मको जरा अझ फैलन मद्दत गर्छ। असमान समाजमा सम्मान सम्पूर्ण महिलाका लागि ल्याइएको समानताको नाराको कुनै तुक छैन्। असमान समाजमा असमान आवश्यकता जरुरी भएको उनको धारणा छ।
त्यस्तै कवि निरज दाहालका अनुसार संसारमा मानिस कि छोरा कि छोरीका रूपमा जन्मन्छन्। उनीहरू बीच केही जैविक भिन्नताहरू छन् जुन नकार्न सकिँदैन। ती प्राकृतिक भिन्नताहरू हुन । प्राकृतिक भिन्नताहरूलाई निवारण गर्न सकिँदैन त्यसो गर्न आवश्यक पनि हुँदैन तर आज समाजमा लैंगिक समानताको ठूला ठूला विचार धारणा दिइन्छ। असल जिन्दगीमा ती विचारहरू किताबी ज्ञानमा मात्र सीमित छ। हाम्रो देश मात्रै नभएर विश्वका कयौँ राष्ट्र पुरुषप्रधान छन्। अझ ग्रामीण भेग हेर्ने हो भने महिला निकै पिछडिएको देख्न सकिन्छ।
गाउँघरमा अझै पनि ‘छोरा पाए हुरुक्क छोरी पाए धुरुक्क’ भन्ने भनाई प्रचलित छ। अर्काको घरमा जाने जात भनेर उनीहरूलाई शिक्षा देखि बञ्चित गरेको देखिन्छ। सामाजिक कुप्रथा जस्तै छाउपडी, देउकी, बालविवाह, पुरुषप्रधान समाज, गरिबी आदिले गर्दा महिला माथि उठ्न सक्दैनन्। उनीहरूलाई घरकै काम काजमा व्यवस्था राखिन्छ। कुनै सामाजिक कार्यक्रम, संस्थामा आबद्ध हुन दिइँदैन। महिलाहरू पछाडि परेको कारणनै उनीहरूको अस्तित्वलाई नै समाजमा स्वतन्त्रता छैन।
यता निजामती कितावखानाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने निजामति सेवामा ८२ हजार ४ सय ९६ जना कर्मचारीमध्ये ६६ हजार ५ सय ७५ पुरुष छन् भने महिला कर्मचारीको संख्या १५ हजार ९ सय २१ मात्र रहेको देखिन्छ। यो संख्या भनेको मात्र १९.३५ मात्र हो । देशको कुल जनसंख्याको ५१.५५ हिस्सा ओगटेको महिलाको उपस्थिति देशको कुल जनसंख्याको तुलनामा निकै कम रहन जान्छ। समाजमा महिलालाई अगाडि ल्याउन सरकारको जनचेतना मुलक कार्यक्रम आवश्यक छ भन्नुको कुनै तुक छैन अबको समयमा।
कुनै घरमा एक नारी शिक्षित भए पुरै परिवार नै शिक्षित हुन्छ भन्ने तर यति जान्दा जान्दै पनि समाजमा नारीलाई शिक्षा देखि बञ्चित गरिएको उदाहरण प्रशस्त छन्। पुरुषहरूले आयआर्जनको काम गर्नु पर्ने र महिलाले घर धन्दा यो सोच ग्रामीण भेगमा जरा गाडेर बसेको छ। सहरमा भने यस्ता कुरामा सुधार भइरहेको बताउँछन्।
अभिनेता राज बल्लभ कोइराला भने फरक धारणा व्यक्त गर्दछन् । ‘आजको समयमा माहिलाहरू खासै पछाडि परेको देखिँदैनन्। उनीहरु समाजका विभिन्न गतिविधिहरुमा अग्रसर भएर महिला उत्थानमा लागेका छन्। महिला हक अधिकारको आवाज महिलाहरूले नै बोलेका उदाहरणहरू पनि छन्। घर बनाउने र समाज बनाउनेमा उत्तिकै अग्रसर र योगदान देखेको कोइराला बताउँछन्। शिक्षक, डाक्टर, ईन्जिनियर, पायलट, कर्पोरेट सेवाहरू, वकिल र प्रतिष्ठान समाजसम्म पनि महिलाहरूले अफ्नो स्थान बनाएका छन्। यसो भन्दै गर्दा, महिलाहरू विशेष गरेर ज्ञान, चेतना, अवसर र परिवारको साथ र समर्थनले विभिन्न गातिविधिमा पछाडि परका छन्। समाजको संरचना नै पितृसत्ताकमक भएर पनि पिछाडिएको बताउँछन्। उसो त कति पए ठाँउमा पुरुष पनि पछाडि नभएको होइन।’
साहित्यकार तथा लेखक हरि माया भेटवालले भने महिलाहरू पछि पर्नुको एउटा कारण अशिक्षा भएको बताउँछिन्। त्यस्तै सामाजिक परम्परा, पितृसत्तात्मक सोच, धर्म, गरिबी अर्थ माथि पहुँचको कमीले गर्दा महिला पछाडि परेका हुन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ