Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोरोना नियन्त्रण गर्न सरकार असफल भयो, आफ्नो ख्याल आफै गरौँः नेपाली कांग्रेस

कोरोना नियन्त्रण गर्न सरकार असफल भयो, आफ्नो ख्याल आफै गरौँः नेपाली कांग्रेस


कोरोना नियन्त्रण गर्न सरकार असफल भयो, आफ्नो ख्याल आफै गरौँः नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकार असफल भएकोले जनाताले आफ्नो सुरक्षा आफै गर्नपर्ने बताएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै सरकारले आफूलाई सुरक्षित राख्ने तरिका खोज्न आग्रह गरेको छ।

कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताएका हुन्।

सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए। स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ । यद्यपि यो सरकार नै इमान्दार छैन । त्यसैले धेरै आश गर्ने ठाउँ छैन । तर यो सरकार रहुन्जेल यही सरकारलाई साधन स्रोत दुरुपयोग नगर भन्नुपर्छ ।’

त्यस्तै उनले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक