२०७६ साल भाद्र २० गते मुस्कानको कालो दिन। अझ भनौं मुस्कानको मुस्कान हराएको दिन ।
मुस्कान अहिले मानसिक पीडाबाट मुक्त भएर आफनो भविष्य बनाउनतिर लागेकी छन् । उनी भन्छिन्, “म पहिलाको जस्तो दुखी छुइन् । मलाई माया गर्ने, हौसला दिने परिवार, साथीभाई, देश विदेशमा रहनुभएको दाजु दिदीहरूको हैसलाका कारण म अहिले ठिक छु्।”

वीरगञ्ज छप्कैया–३ घर भएकी मुस्कान उपचारका लागि कलंकी ढुगांअडास्थित परिवारसँग बस्दै आएकी छन्। पढने रहर बोकेकी मुस्कान आफ्नो स्वास्थ्यको कारण चिन्तित देखिन्छिन्। आफ्नो पढाइलाई अब्बल बनाउन उनी तत्पर देखिन्छिन्। डक्टर पढ्ने लक्ष्य बोकेकी मुस्कान यति बेला आर्थिक अभावका झेलिरहेकी छन्।
मुस्कानको त्यो कालो दिन
लामो सास फेर्दै कहालीलाग्दो घटना सम्झिन्छन् मुस्कान, र सुरु गर्छिन् आफ्ना विगतका पानाहरू । त्यो दिन........ दिदीहरूले गृहकार्य नगरेकाले स्कुल जान मानेका थिएनन् । स्कुल नछुटाउने मुस्कान दिदीहरू नगए पनि आफू एक्लै जाने निधो गरिन् । आमाले भाइलाई सँगै लिएर स्कुल जान भनेकाले डिलमा बसेर भाइलाई पर्खिरहेकी थिइन्। भाई ठीक परेपछि दुवै जना सँगै विहानको घाम उदाएसँगै ६ बजे स्कुलतर्फ लागेका थिए।
स्कुल जाँदै गर्दा पछाडिबाट चिच्याएको आवाज आयो, ओइ मुस्कान, मुस्कान पख् न..... । स्कुल जान ढिला भएकाले सुनेर नसुनेझैँ वास्तै नगरि हिँडिरहेकी थिइन् मुस्कान।
फेरि पनि आवाज आउँछ, मुस्कान....., ‘मुस्कान, नपर्खिने हो भने यता एक पटक हेर न।’
मुस्कान एकछिन पर्खिदै ती पछाडिका साथीहरू दौडिँदै आइपुग्छन्। मुस्कान झसङ्ग हुन्छिन् । ती केटाहरूले पहिलादेखि नै पछ्याएर दिक्क भएकी थिइन् मुस्कान। ती केटाहरूले केही दिन अगाडि जिस्काउँदा बाबुलाई भनेर हप्काउन लगाएकी थिइन्। प्रेम स्वीकार नगरेकाले मुस्कानलाई पछ्याइ रहेका थिए। मुस्कान तिनीहरूलाई वेवास्था गरी स्कुलतर्फ लागिन्। तर, उनीहरूले मुस्कानलाई फेरि बोलाउँदै भने, ‘यो जगको पानी खाउन मुस्कान।’

मुस्कानले नकार्दै खान्न भन्छिन्। उनले खान्न भन्दै फर्किदा उनलाई पछयाउने सम्साद आलमले त्यही मौका छोपेर एसिड छ्यापीदिएका थिए। एसिडको जलनले भाउन्न भएकी मुस्कान बाटोमा लडीबुडी गर्न थालिन्।
सानो भाइ डरले पर भाग्यो । फूल जस्तो कोमल शरीर, सुन्दर हातहरू निस्वार्थ, मायालु अनुहार त्यो अपराधीले मुस्कानको सबै उथलपुथल पारिदियो।
त्यो देखेर सँगै आएका साथीहरू आत्तिदै नारायणी अस्पताल पुर्याए । उनीहरूले घरमा रहेका आमाबुवालाई खबर गरे । खबर सुनेर अचेत भएका आमाबाबु केही समयपछि अस्पताल पुग्छन्।
एसिडले मुस्कानको दायाँ पटिको अनुहार, छाती, हातहरू सबै तिर डरलाग्दोसँग जलेको छ।
मुस्कान भन्छिन, ‘दुखाइ व्यक्त गर्ने कुनै शब्द छैन त्यति पोल्छ, दुख्छ ।’
उनी त्यो दिनलाई सम्झदै भक्कानिन्छिन्। तातोपानी छ्यापे जस्तो लागेको थियो। धेरै पोलेको थियो। घरी आगोले पोलेझैँ लागेको थियो घरि तातोपानी तर एसिड छ्यापेको रहेछ भन्दै आँशु खसाल्छिन्।
केहीबेरमै प्रहरीले एसिड छयाप्ने वीरगञ्ज–२ छप्कैयाका सम्साद आलम र योजनाकार माजि आलमलाई पक्राउ गरेको मुस्कानका बुवा बताउँछन् ।
नारायणी अस्पतालमा भएको उपचारपश्चात मुस्कानलाई कीर्तिपुर अस्पतालमा रिफर गरेको थियो। अहिले पनि आफू कीर्तिपुर अस्पतालमा उपचार भैराखेको बताउँछिन्।
त्यो कालो दिन पछिको मुस्कानको भोगाई
आगोको ज्वालाले भतभत् पोलेको झै घामको रापले फुटेको ऐना जस्तै एसिडको जलन सहेकी मुस्कानको दर्दनाक काहानी छुटै किसिमको छ ।
उनी सानै उमेरमा एसिडको शिकार भएकी हुन्। समय बितेसँगै मुस्कानमा धेरै परिर्वतन आएका छन्। अहिले कहीँकतै नसम्झी आफनो परिवार खुसी बनाउने र भविष्यतिरको लगावमा धेरै व्यस्त देखिन्छिन् मुस्कान । उनी आफ्नो लक्ष्य र पढाईलाई निरन्तर दिन चाहेकी छन्। कारणबश कोरना महामारीको बेला यो सम्भव रहेन। तर पनि उनी मलाला जस्ता किताबहरू पढिरहेकी छन्। उनलाई यस्ता किताब पढन खुब मन पर्छन्। खाली समय उनी किताब पढेर बिताउँछिन्। उनी निकै साहसी, निडर हुँदै गएकी छन्। डक्टर बनेर समाजसेवा गर्ने लक्ष्य राखेकी छिन।
सपना सुनेर आमाबुवा निराश हुन्छन्। छोरीको उपचार गर्न नसकिरहेको अवस्थामा कसरी पढाउने भन्ने कुराले निकै चिन्तित छन्।
एसिडको भोगाई एकातिर छ भने अर्कातिर एसिडका शिकारहरूलाई हेर्न दृष्टिकोण नराम्रो, फरक भएको बताउँछिन्। जुन व्यवहारले दुखी भएको मुस्कान बताउँछिन्। समाजले राम्रो नजरले नहेरेकाले अरुको दर्जामा नहेर्दिएकाले, सम्मानजनक व्यवहार नगरेकाले खुसी नभएको उनी बताउँछिन्।
गाउँसमाजले पहिलाको जस्तो व्यवहार हरेक मानिसले गरिदिए हुन्थ्यो किनकी यस्तो हालत आफै नबनाएको र अपराधीले गरिदिएको भन्ने बुझिदिए सहज हुने मुस्कान निराश हँुदै बताउँछिन् । र उनले यस्तो व्यवहार नगरीदिन अनुरोध गरेकी छिन् ।
अस्पतालको शैय्यामा रहँदा जो कोही पनि आएर आत्मबल बढाइदिनु हुन्थ्यो , सहनभूति प्रकट गरिदिनु हुन्थ्यो। तर, अहिले चिनी बिनाको चिया जस्तो फिक्का महसुस गरेको मुस्कानले बताउँछिन् ।
मुस्कानका बुवा एसिडले जलेको उपचार गर्न निकै नै मोटो रकम लाग्ने भएकोले कति लाग्छ भन्ने यकिन नरहेको भन्दै गुनासो गर्छन ।
मुस्कान यसमा थप्दै भन्छिन, ‘मेरो मात्र नभएर सम्पूर्ण एसिड पीडितहरूलाई सरकारले उपचार गरिदिए सुनमा सुगन्ध भए झै हुने बताउँछिन् ।’

देश विदेशदेखि पैसा आएको भन्ने धेरैको बुझाइ रहेको तर त्यो सत्य नभएको मुस्कान बताउँछिन् । महिला अधिकारकर्मी, गैर सरकारी संस्था र समाजिक सञ्जालमा आवद्ध विभिन्न मानिसहरूले आफ्नो नाम लिएर डलर कमाई रहेको तर आफूले कहीँकतैबाट सहयोग नपाएको उनको गुनासो छ ।
इन्डियाको बलिउड कलाकारहरू, जस्तैः अमिताभ बच्चन, बरुण धवन, अक्षय कुमार लगायत अन्य कलाकारहरुबाट समाजिक संजालमार्फत संन्देश सहानुभूति दिएको मुस्कान बताउँछिन्। तर यसबारे पनि नानाथरी टिप्पणी भइरहेको उनी दुखी हुँदै बताउँछिन् ।
युटुबतिर अभिताभ बच्चनले ६० लाख र अन्य कलाकारहरूद्वारा पनि सहयोग आएको भन्दै नभएका कुराहरू उल्लेख गरिएको छ । आफ्नो चरित्र हत्या गरेर युटुबर साथीहरूले डलर कमाएको उनी बताउँछिन् ।
उनीले थपिन नेपालका महानायक राजेश हमाल पनि स्वास्थ्य अवस्था बुभ्mन र हैसला प्रदान गर्न अस्पताल आउनु भएको थियो। तर यता पनि मलाई गलत देखाइएको भिडियो युटुबतिर छ। राजेश हमालले फ्याल्ट दिएको भन्ने कुरा बाहिर आएको छ । जुन सरासर झुट हो ।
हामीलाई सहयोग आएको युटुव, अनलाइनमा देखेका हौँ । तर आफ्नो हातमा नआएको मुस्कानकी आमा बताउँछिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा घर घडेरी दिएको कुरा युटुब अनलाइनतिर राखिएको छ, जुन कुरा सत्य नभएको मुस्कान बताउँछिन् ।
आफ्नो अवस्था एकदमै नाजुक रहेको र कोठा भाडा कसरी तिर्ने भने कुराले सताइरहेको बेला यस्तो युट्युब अनलाइनतिर देख्दा धेरै दुःख लागेको उनी बताउँछिन । नामको दुरुपयोग गर्नेलाई कडा कारबाही हुनुपर्ने उनको माग छ । गाँउमा नराम्रो हल्ला फैलिएका कारण मुस्कान धेरै दुखी छिन् । काठमाडौँमा बसेको पैसा तिर्न धौधौ पर्छ । महलमा बसेको हल्ला फिजाएको छ भन्दै मुस्कान चिन्तित छिन् ।
मुस्कानका बुवा भन्छन, ‘सरकारले घाउ चोट हेरेर मात्र सजाय तोकेको छ जुन सजायमा तोकेको रकमले केही हुनेवाला छैन ।’
त्यसमा मुस्कान थप्छिन, ‘सरकारले घाउ चोट हेरेर होइन सोच हेरेर कानुन बनाउन पर्छ ।’

पढ्ने रहर बोकेकी मुस्कान आफ्नो आर्थिक अवस्था कमजोर भएकाले दुःखी हुने गर्छिन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने ठूलो धोको राखेकी छन् । आफ्नो आर्थिक कमजोर भएकाले सरकारसँग अपेक्षा राखेको पनि मुस्कान बताउँछिन् ।
नाममा मात्र होइन, परिवार मुस्कानले भरिएको हेर्ने ठूलो इच्छा राखेकी छन् मुस्कानले ।
भतभती पोलिरहेको शारीरिक पीडासँगै मानसिक पीडालाई पनि दबाएर हाँसेर मुस्कान छर्ने ठूलो इच्छा राखेकी छन् मुस्कानले ।
कानुनी सजाय
एसिड प्रहार गर्नेलाई मुलुकी अपराध संहिता ऐनको दफा ११३ मा कुसुर गरेको हकमा सजाय प्रवृति हेरी अनुहार मुखमा परे ५ बर्ष देखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँचलाख रुपैयाँ जरिवाना उल्लेख गरेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ