Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

पाँच वर्षपछि मात्रै पर्यटन व्यवसायमा सुधार 

पाँच वर्षपछि मात्रै पर्यटन व्यवसायमा सुधार 


पाँच वर्षपछि मात्रै पर्यटन व्यवसायमा सुधार 

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाले धराशायी भएको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन्।

महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन कोरोना भाइरसको सङ्क्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘सेजन अर्थ नीति बहसअन्तर्गत पर्यटनको सम्भावना’ विषयक भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए।

उनले कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो सङ्ख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए। “अब मास टुरिजमको एरा गयो”, पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने। पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक भएको र त्यसबाट माथि उठ्नुको विकल्प नभएको उनको भनाइ छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ