Logo

मंगलवार, कार्तिक ११ गते २०७७

पलले फिल्मको छायांकन सेड्यूल कसरी मिलाउलान्

पलले फिल्मको छायांकन सेड्यूल कसरी मिलाउलान्


पलले फिल्मको छायांकन सेड्यूल कसरी मिलाउलान्

काठमाडौँ । नायक पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको पर्खाइमा छ। गतबर्षको फागुणमा नै रिलिज हुनुपर्ने यो चलचित्र कोरोनाका कारण पछि धकेलियो। अब, यो चलचित्र कहिले रिलिज हुन्छ पक्का छैन।

यस्तै, पलले नै अभिनय गरिरहेको चलचित्र ‘२ नम्बरी’को छायांकन पनि रोकिएको छ। यो चलचित्रको छायांकन फागुणबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ। पलले, चलचित्रको बाँकी रहेको छायांकनका लागि फागुणपछि समय दिनुपर्ने छ।

यो विचमा, उनले चलचित्र साइन गरिरहेका छन्। उनले, दशैं र तिहारको विचमा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’लाई पनि समय दिनुपर्ने छ। यस्तै, उनी अभिनित अर्को चलचित्र ‘हृदयभरी’ पनि रिलिजको पर्खाइमा छ। यसका लागि पनि पलले समय दिनुपर्ने हुन्छ।

पलले चलचित्र ‘हुतुतु’ पनि साइन गरेका छन्। पलले चलचित्र ‘तिमी सँगै हुने मन छ’का लागि मौखिक सहमती गतबर्ष नै जनाइसकेका हुन्।

अर्कोतिर, चलचित्रसँगै पलले म्यूजिक भिडियोका लागि पनि बोली दिइरहेका छन्। यसरीहेर्दा, पलको हातमा प्रोजेक्ट नै प्रोजेक्ट छ। लकडाउन खुले लगतै सबै चलचित्रका निर्माताले काम अगाडि बढाउने भएकाले पनि पललाई सेड्यूलको समस्या हुनसक्छ।

कामना न्यूज

  • सोमवार, आश्विन १२ २०७७०३:२०:०६
सम्बन्धित समाचार
विशेष सबै