Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

सन् २०२० मा दुई लाख ३० हजार पर्यटक नेपाल भित्रिए

सन् २०२० मा दुई लाख ३० हजार पर्यटक नेपाल भित्रिए


सन् २०२० मा दुई लाख ३० हजार पर्यटक नेपाल भित्रिए

काठमाण्डौ - सन् २०२० मा दुई लाख ३० हजार पर्यटक नेपाल भित्रिएका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको भए पनि कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिएका अध्यागमन विभागले जनाएको छ । 

एक लाख ८३ हजार एक सय ३० जना हवाईमार्ग र ४६ हजार नौ सय ५५ जना विभिन्न नाका हुँदै स्थलमार्गबाट नेपाल आएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ८० प्रतिशत कम हो । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । विभागका अनुसार सन् २०२० मा एक सय ७० देशबाट विदेशी पर्यटकहरु नेपाल आएका हुन् । 

सबैभन्दा धेरै भारतबाट ४० हजार ३ सय ३६ पर्यटक नेपाल भित्रिएका हुन् । यस्तै म्यानमारबाट २० हजार नौ सय ११, थाइल्याण्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार दुई सय ५७, अमेरिकाबाट १७ हजार सात सय ६७, श्रीलंका १३ लाख ३ सय २८, बेलायतबाट ११ हजार ७ सय ६२ जना आएका हुन् । 

त्यस्तै २०२० मा विदेशमा रहेका चार लाख ९१ हजार ४ सय ४८ नेपाली स्वदेश फर्किएका विभागले जनाएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, पर्यटन वर्ष कार्यक्रमको घोषणा लगत्तै कोरोना महामारी सुरु भएकाले सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य अधुरै रहेको छ । 

कोरोनाले विदेशी पर्यटक भित्र्याउने काम प्रभावित भएपछि यो वर्ष भने सरकारले आन्तरिक पर्यटक प्रवर्द्धनमा जोड दिएको छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्ताको दुई दिन छुट्टि दिने व्यवस्थाका लागि सरकारलाई प्रस्ताव समेत गरेको छ ।

सरकारले पर्यटकीय गन्तव्यहरु खुला गरेसँगै अहिले आन्तरिक पर्यटकको केही चहलपहल देखिन थालेको छ तर, विदेशी पर्यटक भित्र्याउन सरकारले ठोस नीति कदम चालेको छैन ।

कामना न्यूज

  • आइतवार, पौष १९ २०७७११:२४:२०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ