सुनको मूल्य १० महिना यता कै कम 

सुनको मूल्य १० महिना यता कै कम 


सुनको मूल्य १० महिना यता कै कम 

काठमाडौं। केहि समय अगाडी लगातार उकालो लागेको सुनको मूल्य पछिल्ला दिनमा क्रमशः घट्दो क्रममा छ । बढेर ९० हजारको माथि नै कारोबार भईरहेको सुन १० महिनापछि मात्र ९० हजार तल झरेको हो । मूल्य वृद्धि भएर प्रतितोला एक लाख रुपैयाँ माथि पुगेको सुनको मूल्य ९० हजार तल झर्न १० महिना लागेको हो । गत असार ५ गते प्रतितोला ८९ हजार ९०० रुपैयाँमा सुन कारोबार भएको थियो । त्यसयता लगातार प्रतितोला ९० हजारभन्दा माथि कारोबार हुँदै आएको सुन फागुन ५ गते बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयताका दिनमा मूल्य घट्न थालेको छ ।

नेपाली बजारमा अघिल्लो दिन ८९ हजार २०० रुपैयाँमा सुन खदिर विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला १ हजार रुपैयाँ घटेर ८८ हजार २०० रुपैयाँमा छापावला सुन खरिद विक्री भइरहेको छ । आज चाँदी पनि घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । गत कारोबार दिन १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँ घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

असार ५ गतेयता सुनको मूल्य बढेर १ लाख माथि पुगेको थियो । गत साउन १९ गते ९९ हजार ८०० रुपैयाँबाट मूल्य वृद्धि भएर २० गते १ लाख १ हजार ४०० रुपैयाँ पुगेको थियो । साउन २३ गते भने सुनको मूल्यले एतिहासिक रेकर्ड बताएको थियो । यो दिन सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

उक्त मितिपछि सुनको मूल्यमा बारम्बार उतारचढाव देखिएको भएपनि ९० हजारभन्दा तल झरेको थिएन ।

कामना न्यूज

  • शुक्रवार, फाल्गुन ७ २०७७०१:१९:४८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ