सेयर बजारमा झण्डै ८० अंकको गिरावट

सेयर बजारमा झण्डै ८० अंकको गिरावट


सेयर बजारमा झण्डै ८० अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा झण्डै ८० अंकले गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंक कायम भएको हो । कारोबारको  शुरूदेखि नै ओरालो लागेको नेप्सेले कारोबारको अन्तिम घडिसम्म पनि गति लिन सकेन ।  आज सेन्सेटिभ परिसूचक समेत १४.५३ अंकले घटेर ४४७.२९ बिन्दु कायम भएको छ ।

आज कारोबारमा आएका २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर खरिद बिक्री हुँदा आठ अरब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपैयाँको कारोबार भएको छ । यस दिन होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको छ भने बाँकी सबै समूह राताम्मे बनेका छन्।

पहिलो कारोबार दिनमा सबैभन्दा बढी जीवन बीमा ६१५, उत्पादनमूलक १९४, निर्जीवन बीमा १७९ अंकले घटेका छन्। बजार घटे पनि आज चन्द्रगिरि हिल्सको ९.८१ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ४१४ रूपैयाँ पुगेको छ।

कामना न्यूज

  • आइतवार, फाल्गुन १६ २०७७०३:५५:२७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ