काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा काराबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको हो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक