Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

शेखर भन्छन्, ‘अर्जुन रेड्डीको लागि फिट छु’

शेखर भन्छन्, ‘अर्जुन रेड्डीको लागि फिट छु’


शेखर भन्छन्, ‘अर्जुन रेड्डीको लागि फिट छु’

काठमाडौं– केही साता अघि मात्र दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाल रिमेकका लागि अडिसन शुरु हुने खबर सार्वजनिक भएसँगै केही कलाकारहरुले आफ्नो लुक्स फिल्मको लागि उपयुक्र्त भएको भन्दै तस्वीर राखे । अभिनेता आर्यन सिग्देलदेखि सम्पादक साहिल खानसम्मले तस्वीर सामाजिक सञ्जालमा राखे ।

झण्डै आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता शेखर सुवेदी यो फिल्मका लागि अडिसन दिने तयारीमा छन् ।

 

‘अर्जुन रेड्डीको अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार म फिट छु । फिल्मको जस्तै मेरो लुक्स, उमेर र अभिनय पनि मिल्छ’, उनको दाबी छ ।

अभिनयमा डिप्लोमा कोर्ष गरेका शेखरले ‘गाजाबाजा’, ‘निर्भय’, ‘चीँ मुसी चीँ’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनले झण्डै एक दर्जनको हाराहारीमा म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

आशिष श्रेष्ठ र केशव खड्काले निर्माण गर्ने ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा विशाल सापकोटाको निर्देशन हुनेछ ।

कामना न्यूज

  • सोमवार, फाल्गुन २४ २०७७०२:१७:५८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ