चलचित्र ‘ए मेरो हजुर ४’को पोस्टर सार्वजनिक भएको छ l सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अनमोल र सुहानालाइ रोमान्टिक पोजमा देखाइएको छ l ‘ए मेरो हजुर ३’मा म्युजिक स्टारको रूपमा देखिएका नायक अनमोल केसी यो चलचित्रमा भने चकलेटी अवतारमा देखिएका छन् । चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् l
चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरिरहेका छन् l आउँदो वर्षको दसैँलाई रिलिज मिति तय गरिएको यो चलचित्रले प्रेमकथालाई नै उठान गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’मा रुचाइएका अनमोल र सुहाना चौथो सिरिजलाई लिएर पनि उत्साहित छन् । सुनिलकुमार थापाको लगानीमा बनिरहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन, सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ