Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

मेलमिलापका लागि तयार नवाजुद्दिनकी पत्नी

मेलमिलापका लागि तयार नवाजुद्दिनकी पत्नी


मेलमिलापका लागि तयार नवाजुद्दिनकी पत्नी

मुम्बई । अभिनेता नवाजुद्दिन सिद्दिकी पत्नी आलिया अभिनेतासँग मेलमिलापका लागि तयार भएकी छन् । हालै उनले नवाजुद्दिनसँग सम्बन्धविच्छेदका लागि दर्ता गराएको निवेदन फिर्ता गर्दै पुनः मेलमिलापका लागि तयार भएको संकेत दिएकी हुन् ।
 
उनले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै सिद्दिकी र उनको परिवारले आफूलाई शारीरिक र मानसिक तनाव दिएको आरोप पनि लगाएकी थिइन् । एक भारतीय समाचार पोर्टलसँग कुरा गर्दै उनले मेलमिलाप गर्न तयार भएको र नवाजका भाइसँग चिसिएको सम्बन्ध पनि राम्रो बनाउने बताइन् ।
 
आलिया कोरोना संक्रमणका कारण पछिल्लो १० दिनदेखि मुम्बईमा भएको आफ्ने घरमा आइसोलेसनमा छिन् । यता लखनउमा चलचित्रको छायांकनमा रहेका नवाजले आफ्ना दुई सन्तानको राम्रो हेरचाह गरेकाले आफू प्रभावित भएको उनले उल्लेख गरेकी छिन् । यति मात्रै नभई अभिनेतामा जिम्मेवारीबोधको भावना पनि विकास भएको उनले बताइन् । 

कामना न्यूज

  • बुधवार, फाल्गुन २६ २०७७११:१०:४७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ