Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन


अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

काठमाडौँ । नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोइराला अब गायिकाको रुपमा  देखा पर्ने भएकी छन् । महाशिवरात्रिको अवसर पारेर उनले ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्न लागेकी हुन् ।
केही दिन अगाडि उनकै स्वरमा रेकर्ड भएको यो भजन नेपाल तथा भारतमा एकसाथ सार्वजनिक हुने भएको छ । कोइरालाको स्वरमा रेकर्ड भएको यो पहिलो गीत (भजन) हो ।

कोइरालाले यो भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा ल्याउन लागेकी हुन् । जसको जानकारी उनले बुधबार एक ट्वीट मार्फत गराएकी छन् । ट्वीटमा उनले भजनको सार्वजनिक र सहकार्यबारे जानकारी दिएकी छन् ।
सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई आफैंले संगीतबद्ध गरेर तयार गरेका हुन् । भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ ।
भजनको म्युजिक भिडियो पनि तयार भएको छ । जसको सार्वजनिक समेत भोली एक कार्यक्रमका बीच गर्ने योजना बनाइएको छ । साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।

कामना न्यूज

  • बुधवार, फाल्गुन २६ २०७७१२:५६:१८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ