Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान सुरु हुँदै

‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान सुरु हुँदै


‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान सुरु हुँदै

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० अंशिका शर्मा बालबालिकाहरुको गुणस्तरीय शिक्षामा जोड दिइरहेकी छिन् । उनले मिस युनिभर्स नेपाल २०२० बाट प्राप्त पुरस्कार राशि (१० लाख) ‘अंशिका शिक्षा कल्याण फाउन्डेसन’ नामक आफ्नै प्रतिष्ठान स्थापन गर्न लगानी गरेकी छन् ।

अब अंशिकाको सोही फाउन्डेसनले उनको गृहनगर झापाका १४ बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने भएको छ । ती १४ विद्यार्थीको शुल्क, पोसाक, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, यात्रा, बालबालिकाको स्वास्थ्यसम्बन्धी औषधिजन्य सामग्री प्रदान गर्नेछन् ।

यसअघि पनि आफ्ना साथीहरुसँग मिलेर शर्माले जुम्लाका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकी थिइन् । उनको ‘सबैका लागि शिक्षा’ अभियानको मुख्य उद्देश्य भनेको अल्पसंख्यक, अनाथ र अशक्तता भएका विपन्न बालबालिकाहरुको उत्थान गर्ने छ । 

कामना न्यूज

  • बिहिवार, फाल्गुन २७ २०७७११:०८:४९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ