काठमाडौं । लघुकथा समाजको शनिबार सम्पन्न बैठकले लघुकथाको पहिलो प्रकाशित संग्रह ‘झिल्का’ (२००७) का कृतिकार स्रष्टा पूर्णप्रसाद ब्राह्मणको नाममा ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ स्थापना गर्ने निर्णय गरेको छ ।
लघुकथाका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त सम्मानका साथ नगद ११ हजार १११ रुपैयाँ पनि प्रदान गरिने निर्णय गरिएको छ ।
लघुकथा समाजका संस्थापक तथा वर्तमान अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा उनकी पत्नी ललिता श्रेष्ठले अक्षयकोष खडागरी उक्त सम्मानको स्थापना गरेको समाजले जानकारी गराएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ