Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

सलमानको राधे मेमा रिलिज हुने

सलमानको राधे मेमा रिलिज हुने


सलमानको राधे मेमा रिलिज हुने

मुम्बई । अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे : योर मोस्टवान्टेड भाइ’को रिलिज मिति तय भएको छ । प्रभु देवाको निर्देशनमा बनेको यस एक्सन–ड्रामा चलचित्र सन् २०२१ मा प्रदर्शन हुने चलचित्रहरुमध्ये धेरै आशा बोेकेको चलचित्र हो ।

चलचित्र आउँदो मे १३ तारिखमा रिलिज हुने पक्का भएको छ । अभिनेता सलमानले चलचित्रको नयाँ पोस्टरसँगै रिलिज मिति ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

‘दबंग’को उनको एउटा चर्चित संवाद लेख्दै चलचित्र इदमै रिलिज हुने जानकारी दिएका हुन् । उनले लेखेका, “इदको प्रतिबद्धता थियो, इदमा नै आउनेछ । किनभने, एकपटक मैले...।” सलमानले हरेक वर्ष इदमा आफ्नो चलचित्र रिलिज गर्दै आइरहेका छन् ।

यस चलचित्रमा सलमानसहित दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ मुख्य भूमिकामा छन् । सलमान खान फिल्मस् र जी स्टुडियोको ब्यानरमा बनेको यस चलचित्रलाई सलमान, सोहेल र रिल लाइफ प्रोडक्सन लिमिटेडले निर्माण गरेको हो ।

कामना न्यूज

  • आइतवार, चैत्र १ २०७७०३:१२:४८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ