Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अक्षयको विरोधमा अभिनेताको ट्विटरः “प्रोड्युसरले टाउकोमा चढाएका छन्”

अक्षयको विरोधमा अभिनेताको ट्विटरः “प्रोड्युसरले टाउकोमा चढाएका छन्”


अक्षयको विरोधमा अभिनेताको ट्विटरः “प्रोड्युसरले टाउकोमा चढाएका छन्”

फिल्म समिक्षक तथा अभिनेता के आर के खानले अभिनेता अक्षय कुमारको विरोध गर्दै ट्विटर गरेका छन् । 

उनले शनिबार बिहान ट्विट गर्दै अक्षय कुमारलाई प्रोड्युसरहरुले टाउकोमा टेकाएर राखेको भन्दै विरोध गरेका हुन् । 

उनले लेखेका छन्, “अक्षय कुमार हरेक महिना नयाँ फिल्ममा काम गरिरहेका छन् । हप्ताका सातै दिन २४ घण्टा सुटिगंमा व्यस्त छन् । किनकी उनलाई थाहा छ अबको २ वा ३ वर्षपछि उनी पैसा कमाउन योग्य रहँदैनन् । अक्षयका फिल्म किन्ने कोही भेटिँदैनन् । उनको सूर्यवंशी र बेलबटम जस्ता फिल्महरु रिलीज हुने छैनन् ।”

उनले निर्माताहरुलाई मुर्ख समेत भनेका छन् । उनले लेखेका छन्, “मुर्ख निर्माताहरु उनलाई १२५ करोड दिइरहेका छन् ।”

अक्षयको फिल्म सूर्यवंशी यही अप्रिल ३० मा रिलीज गरिने निर्माताहरुले बताएका छन् । भने उनका 'बेलबटम', 'रक्षाबन्धन' र 'अतरंगी' जस्ता फिल्महरु पनि २०२१ मा नै रिलीज हुने तयारीमा छन् । 

कामना न्यूज

  • आइतवार, चैत्र ८ २०७७०३:४१:५६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ