Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन

बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन


बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन

लन्डन । बेलायत सरकारको सल्लाहकारसमेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेको बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।

उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्, “हुन त हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ । तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।”

यसैकारण बेलायतमा कोभिडको तेस्रो लहरको सुरुवात हुन सक्ने अवस्था रहेको उनले बताएका छन् । उनले बीबीसीसँगको कुराकानीमा सोमबार भनेका थिए, “हुन त अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरैजस्तो लाग्छ । तर, पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन् । सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ ।”

बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड–१९ को बृटिस भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।

रासस/सिन्ह्वा

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ