काठमाडौं । टेक्नोलोजी कम्पनी हुवाई र भाइबरबीच एप ग्यालरीलाई अझ सशक्त बनाउने समझदारी भएको छ ।
हुवाई र भाइबरले यसका प्रयोगकर्ताहरुबाट पाएको सफलतम प्रतिक्रियालाई मध्यनजर राखेर भाइबरसँगको ब्रान्ड सहकार्यलाई दीर्घकालको लागि विस्तार गर्ने घोषणा गरिएको छ ।
विश्वका १९० राष्ट्रहरुमा करोडौँ प्रयोगकर्ताहरु रहेको यो सेवा एप ग्यालरीमा जोडिने पहिलो प्रमुख ब्रान्डहरुमध्येको एक लोकप्रिय ब्रान्ड हो । भाइबरबाट भ्वाइस र भिडियो कलहरु, मेसेजिङ र ग्रुप च्याटहरु गर्न सकिन्छ र धेरै भूभागहरुमा एप ग्यालरीमार्फत ६२ मिलियन वितरणसँगै यसको बलियो उपस्थिति रहेको जनाइएको छ ।
“एप ग्यालरीमा भाइबरले प्राप्त गरेको सफलताको एक हिस्सा हुवाईको ‘विश्वव्यापी एवं स्थानीय’ रणनीतिलाई अँगाल्नु पनि हो, जुन स्थानीय तवरमा नागरिकहरुलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ डिजाइन गरिएका उच्च गुणस्तरका समाधानहरु दिने एप प्रदायकहरुका साथ सम्बन्ध विकसित गर्नमा केन्द्रित छ,” जारी विज्ञप्तिमा भनिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक