Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

अभिनेता दीलिप कुमारको निधन

अभिनेता दीलिप कुमारको निधन


अभिनेता दीलिप कुमारको निधन

भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो ।हिन्दूजा अस्पतालका डाक्टर जलील पालकरले बुधबार बिहान साढे सात बजे निधन भएको पुष्टि गरे । बुढेसकालमा हुने बिमारीका कारण दीलिप कुमारको निधन भएको उनले जानकारी दिए

बिहान ८ बजे दीलिप कुमारको ट्वीटर ह्याण्डलबाट पनि निधनको जानकारी दिइएको छ । पारिवारिक साथी फैसल फारुकीले सो ट्वीट गरेका हुन् ।दीलिप कुमारको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत दुःख व्यक्त गर्दै उनको निधन साँस्कृति दुनियाका लागि ठूलो क्षति रहेको उल्लेख गरेका छन् ।

दीलिप कुमारलाई गएको हप्ता अस्पताल भर्ना गरिएको थियो । यसअघि स्वासप्रस्वासमा समस्याभएपछि जुन ६ मा उनलाई अस्पताल लगिएको थियो ।‘ट्रेजढी किङ्ग’ का रुपमा सुपरिचित रहेका दीलिप कुमारले आफ्नो पाँच दशक लामो चलचित्र यात्रामा ‘मुगले आजम, देवदास, राम और श्याम’ जस्ता हिट चलचित्र दिएका छन् । उनी पछिल्लोपटक सन् १९९८ को किला चलचित्रमा देखिएका थिए ।

 

कामना न्यूज

  • बुधवार, आषाढ २३ २०७८११:५१:१४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ