Logo

सोमवार, आश्विन ५ गते २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट


सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो  अंकको करेक्सन भएको छ । लगातार बढेर बुधबार ३१२३.४५ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से आज १६ अंकले घटेर ३१०७.४५ अंकमा बन्द भएको छ ।

आज विकास बैंक र बैंकिङबाहेक सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरमा भने लगानीकर्ताले नाफा बुक गरेका छन् । जसले गर्दा आज हाइड्रोपवार कम्पनीको उच्च रकमको सेयर कारोबार हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक २.१६ प्रतिशतले गिरावट भएको छ ।

यता, विकास बैंक उपसूचक भने २.२४ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ उपसूचकमा पनि ०.०१ प्रतिशतको सामान्य वृद्धि हुँदा लगानी उपसूचक १.४३ प्रतिशतले गिरावट भएको छ ।यस्तै, उत्पादनमूलक उपसूचक १.३४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.१४ प्रतिशत र व्यापार उपसूचक १.०९ प्रतिशले गिरावट भएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३