आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार ९ सयमा आईपुगेको हो ।
तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै घटेर ९१ हजार ४ सयमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक