Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

रोनाल्डोप्रेरित पोर्चुगलको सानदार जित

रोनाल्डोप्रेरित पोर्चुगलको सानदार जित


रोनाल्डोप्रेरित पोर्चुगलको सानदार जित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित पोर्चुगलले आइतबार राति यूईएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डमाथि ४–० को सानदार विजय हासिल गरेको छ । लिस्बनको जोजे अल्भालाडे रंगशालामा रोनाल्डोले दुई गोल गर्नुका साथै अर्को एक गोलमा अवसर सिर्जना गरिदिएका थिए ।

पोर्चुगलले विलियम कार्भाल्होको गोलबाट १५औँ मिनेटमा अग्रता लिएको थियो । ३५औँ मिनेटमा रोनाल्डोले अग्रता दोब्बर बनाए । त्यसको चार मिनेट नबित्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे । रोनाल्डाले दुवै गोल डिएगो जोटाको पासमा गरेका हुन् ।

योसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या ११७ पुर्‍याएका छन् । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो कीर्तिमान सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । रोनाल्डोपछि दोस्रो स्थानमा रहन सफल इरानका अली दाईले १०९ गोल गरेका छन् । तेस्रो स्थानमा रहन सफल मलेसियाका मोख्तर दहारीले ८९ गोल गरेका छन् ।

चौथो स्थानमा लियोनल मेसी छन् । अर्जेन्टिनाका मेसीले गए राति स्टोनियाविरुद्ध एक्लैले पाँच गोल गर्दै हंगेरीका महान् खेलाडी फेरेन्क पुस्कासलाई पछि परेका थिए । मेसीले ८७ र पुस्कासले ८४ गोल गरेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ