काठमाडौं - नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलक्षित घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार समाजवादीका महासचिव बेदुराम भुसालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
समाजवादीले घोषणापत्रमा निर्वाचन प्रणाली सुधार गर्नेलाई जोड दिएको छ । ‘यो मूलतः धेरै पैंसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भइ विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ ।’ घोषणापत्रमा भनिएको छ ।
घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने उल्लेख छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक