Logo

मंगलवार, आश्विन २० गते २०८३

अ

गायिका तथा मोडेल आस्मा कडेल को नया गीत "के भर मायाको" ले बजारमा चर्चा बटुल्दै ( भिडियो सहीत )

गायिका तथा मोडेल आस्मा कडेल को नया गीत "के भर मायाको" ले बजारमा चर्चा बटुल्दै ( भिडियो सहीत )


गायिका तथा मोडेल आस्मा कडेल को नया गीत "के भर मायाको"  ले बजारमा  चर्चा  बटुल्दै  ( भिडियो सहीत )

गायिका तथा मोडेल आस्मा कडेलको नया गीत के भर मायाको भर्खरै मात्र बजारमा आएको छ । गायिका आस्मा कडेल र गायक युस्कल  छिनाल को आवाज रहेको गीत के भर मायाको को रचनाकार गायिका तथा मोडेल स्वयं आस्मा कडेल को रहेको छ भने संगीत गायक युस्कल छिनाल को रहेको छ। संगीत संयोजन पूर्ण संयोग को रहेको छ । गीत मालश्री डिजिटल रेकर्डिङ स्टुडियो मा रेकर्ड भएको हो,  मिक्सिंग खडक बाजुराली को रहेको छ। गीतको म्युजिक भिडियो पनि निकै उत्कृस्ट निर्माण भएको छ, गीतको भिडियोमा गायिका तथा मोडेल आस्मा कडेल संगै गायक युस्कल छिनाल माधब कडेल ,दिपक कडेल ,मिरा तामांग संगै कमला बि सी को अभिनय रहेको छ । भिडियोलाई आस्मा कडेल निकै उत्कृष्ट निर्देशन गरेकी छिन । भिडियोलाई बिरेन्द्र परियार ले छायांकन गरेका छन्, सम्पादन भने समिर रामदामले गरेका छन् आस्मा कडेलकै अफिसियल युटुब च्यानलमा अपलोड  भएको भिडियो ले राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपाली सांगीतिक जगतमा गायिका, मोडेल, निर्देशक र रचनाकार एउटा भएको ब्यक्ती सायद बिरलै हुने गर्दछन त्यसकारण पनि गायिका तथा मोडेल आस्मा कडेल लाइ बहुमुखी प्रतिभा भएको कलाकार भन्दा कत्ती फरक पर्दैन । सांगीतिक क्षेत्रमा लागेको छोटो समयमै चर्चा बटुल्न सफल गायिका तथा मोडेल आस्मा कडेल खोसिएको सिन्दुर , निर्दयी पात्र गीत बजारमा चर्चित छन्  ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ