Logo

मंगलवार, आश्विन २० गते २०८३

अ

सर्वसाधारणलाई ३.५ करोड इकाई दिने गरि गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला

सर्वसाधारणलाई ३.५ करोड इकाई दिने गरि गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला


सर्वसाधारणलाई ३.५ करोड इकाई दिने गरि गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला

काठमाडौँ।

गरिमा क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फन्ड योजना‘गरिमा सुवर्ण योजना’को इकाई निष्कासन तथा बिक्री बुधबारदेखि खुला गरेको छ।


योजनाको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका पाँच करोड इकाई मात्र निष्कासन गरेको हो। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको छ।


निष्कासन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी तीन करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।


यो खुलामुखी (ओपन–एन्ड) योजना भएकाले बाँकी इकाई सामूहिक लगानी कोषसम्बन्धी नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरण प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिनेछ।

योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले चैत २ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन अवधि चैत १२ गतेसम्म थप गर्न सकिने क्यापिटलले जनाएको छ।


योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्वा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

त्यस्तै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब र मोबाइल एपबाट पनि इकाई खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ