बिहानै भत्काइयो पोखरा फेवाताल किनारका अस्थायी संरचनाहरु

बिहानै भत्काइयो पोखरा फेवाताल किनारका अस्थायी संरचनाहरु


बिहानै भत्काइयो पोखरा फेवाताल किनारका अस्थायी संरचनाहरु


२१ चैत, 

पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो । 
सोही क्रममा सर्वाधिक चासोमा रहेको चर्चित पर्यटन व्यवसायीको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । बिहान साढे चार बजेदेखि नै प्रहरी परिचालन गरेर भत्काउन थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको थियो । बिहानैदेखि झण्डै ३० वटा संरचनामा डोजर चलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । कुनै ठुलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए । संरचना भत्काउन मध्यरातमा काठमाडौँबाट निर्देशन आएको थियो । त्यसकै आाधारमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको थियो । मध्यराति नै पोखरा महानगरसँग प्रहरीले समन्वय गरेको हो । 

pok fafa tal.PNG

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ