Logo

मंगलवार, भाद्र ९ गते २०८३

उपसभामुखबारे रवि र बालेनबिच मतभेद

उपसभामुखबारे रवि र बालेनबिच मतभेद


उपसभामुखबारे रवि र बालेनबिच मतभेद

२२ चैत काठमाडौँ ।

प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच राय बाझिएको छ । 
आइतबार बिहान मात्र उपसभामुखको विषयमा रवि र बालेनबिच छलफल भएको स्रोतको दाबी छ । सो क्रममा प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने पक्षमा धारणा राखेको स्रोतको भनाइ छ । तर, सभापति रवि राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका थिए । दुई नेताबिच सहमति नभएपछि आजै बेलुका फेरि छलफलमा बस्न लागिएको बुझिएको छ ।

‘उपसभामुख कुन दललाई दिने भन्नेबारे सभापति रवि र प्रधानमन्त्रीबिच बिहान छलफल भएको थियो । तर कुरा मिलेको छैन । प्रधानमन्त्री नयाँ दल भएकाले श्रम संस्कृतिलाई दिनुपर्ने पक्षमा उभिनुभएको छ । सभापति राप्रपालाई दिनुपर्ने पक्षमा उभिनुभएको छ । सभापति र राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाहीबिच एकचरण कुराकानी भएको छ । यसै विषयमा आज बेलुका बस्दै हुनुहुन्छ’, रातोपाटीसँग स्रोतले भन्यो ।

‘संवैधानिक परिषद् सदस्य हुने भएकाले उपसभामुख कसलाई बनाउने भन्नेमा तीन थरीका मत आए । डीपीजी उपसभामुख नेकपालाई दिँदा संविधान संशोधन लगायत विषयमा राजनीतिक समन्वय गर्न सहज हुने सुझाव दिनुभएको थियो । तर उहाँको सुझावमा रविजी र बालेनजी दुवै सकारात्मक देखिनु भएको छैन’, स्रोतले भन्यो, ‘शक्ति सन्तुलनका कारण पनि अब नेकपाले उपसभामुख पाउने सम्भावना देखिँदैन । श्रम संस्कृति र राप्रपामध्ये एकले पाउने सम्भावना बलियो देखिन्छ ।’
यद्यपि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखबारे रास्वपाका नेतासँग कुनै छलफल नभएको दाबी गरेका छन् ।  
‘उपसभामुखमा स्वाभाविक रूपमा हाम्रो दाबी रहन्छ । तर यस विषयमा रास्वपासँग कुनै छलफल भएको छैन’, उनले भने ।

संवैधानिक निकायका प्रमुख पदाधिकारी र सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश लगायत नियुक्ति सिफारिस संवैधानिक परिषदले गर्ने भएकाले उपसभामुखबारे सबैको चासो छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य रहनेछन् ।

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक