Logo

बुधवार, भाद्र १० गते २०८३

बालेनको रास्वपामा बलियो पकड

बालेनको रास्वपामा बलियो पकड


बालेनको रास्वपामा बलियो पकड


काठमाडौं। 
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँगै पार्टी र सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको राजनीतिक वृत्तमा चर्चा छ।

पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले बालेन्द्र शाहको चुनावी अभियान र पछिल्लो राजनीतिक सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा नेताहरूलाई पदाधिकारी तथा विभिन्न विभागको नेतृत्व सुम्पिएको छ।

पार्टी अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री शाहबीच भएको पछिल्लो परामर्शपछि यो निर्णय लिइएको हो। यसले पार्टीभित्र पुरानो र नयाँ समूहबीचको सन्तुलन कायम गर्दै सरकारको ‘सुशासन र पारदर्शिता’ को एजेन्डालाई अघि बढाउने रणनीति लिएको देखिन्छ।

केन्द्रीय समिति बैठकले बालेन्द्र समूहका भूपदेव शाहलाई पार्टी महामन्त्री पदमा मनोनीत गरेको छ। १३ पुस २०८२ मा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच ७ बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार बालेन्द्र संसदीय दलको नेता र प्रधानमन्त्री भइसकेका छन्।

महामन्त्रीमा नियुक्त शाह प्रधानमन्त्री बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनको सचिवालयमा थिए। गत निर्वाचनमा अछाम क्षेत्र नम्ब-२ बाट पराजित शाहले बालेन्द्रनिकट भएकै कारण पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी पाएका हुन्। देशैभर रास्वपा उम्मेदवार विजयी हुँदै गर्दा शाह ४ हजार ५६२ मत ल्याएर चौथो स्थानमा सीमित भएका थिए। 
यसैगरी बैठकले शाहलाई महामन्त्रीसहित सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय बैठकले गरेको छ। शाहसहित ढकाल र ज्ञवाली पनि बालेन्द्र समूहबाटै मनोनीत भएका हुन्।
रास्वपा सचिवालय अब १६ सदस्यीय भएको छ । रास्वपा विधानअनुसार पार्टी सभापतिले पदाधिकारी अनिवार्यसहित केन्द्रीय सदस्यबाट २५ सदस्यीय सचिवालय गठन गर्ने अधिकार छ । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन सचिवालयमा अटाएका छैनन् ।

बालेन पक्षबाट समेटिएका नेताहरूलाई पार्टीका नीतिगत विभाग, जनसम्पर्क शाखा र प्रदेशस्तरीय कमान्डको कमान्ड सुम्पिएको छ। विशेष गरी शहरी विकास, प्रविधि र युवा परिचालनजस्ता क्षेत्रमा बालेन निकटस्थहरूले जिम्मेवारी पाएका छन्, जसलाई सरकारका आगामी प्राथमिकताहरूसँग जोडेर हेरिएको छ। प्रधानमन्त्री शाहले आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेका वाचाहरू पूरा गर्न र पार्टीको सांगठनिक आधारलाई गाउँ(गाउँसम्म फैलाउन यो फेरबदल गरिएको छ।

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र