अमेरिकाले भन्यो -इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित भएको ठोस प्रमाण छैन

अमेरिकाले भन्यो -इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित भएको ठोस प्रमाण छैन


अमेरिकाले भन्यो -इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित भएको ठोस प्रमाण छैन

१५ वैशाख, काठमाडौं ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको शक्ति ‘कट्टरपन्थी सोच’ भएकाहरूको हातमा रहेको बताएका छन्।
फक्स न्यूजसँगको अन्तर्वार्तामा रुबियोले भने, “धार्मिक रूपमा कट्टरपन्थी व्यक्तिहरू इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका अधिकारी मात्र होइनन्, तर इरानी राजनीति र उनीहरूको वरपरको परिषद्मा पनि संलग्न छन्।”
यस अन्तर्वार्तामा रुबियोलाई सोधिएको थियो – के उनलाई लाग्छ कि इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् ।
यसबारे मार्को रुबियोले भने, “हो, हामीसँग उनी जीवित छन् भन्ने संकेत छ तर यसको कुनै ठोस प्रमाण छैन। इरानले पनि उनी जीवित रहेको दाबी गर्दै आएको छ।”
अयातोल्लाह अली खामेनीको हत्यापछि सर्वोच्च नेता बनेका मोज्तबा खामेनीको कुनै पनि भिडियो वा अडियो जारी गरिएको छैन मिडियामा लिखित सन्देशहरू मात्र देखा परेका छन्। यसले उनी जीवित नरहेको आशंका बढेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ