सर्वप्रथम त यो MAN भनेको के हो र यसले के काम गर्छ ?
– हेर्नुहोस्, नेपाल MATHEMATICS सँग सम्बन्धीत संस्थाहरूमध्ये MATHEMATICAL ASSOCIATION OF NEPAL(MAN)पनि एउटा आधीकारीक संस्था हो । यसले नेपालमा २० वर्ष भन्दा मुनीका विद्यार्थीहरू जो UNIVERSITY मा भर्ना नभएका 12 सम्म पढेका हुन्छन् त्यस्ता विद्यार्थीहरुलाई विभिन्न परिक्षाको माध्यमबाट ६ जना छनौट गरि अन्तर्राष्ट्रिय प्रतियोगितामा लाने गर्छ ।
तपाईहरूको यो संस्थाले अन्तराष्ट्रिय प्रतियोगितामा लाने मात्र काम गर्छ कि अरुपनि थप काम गर्छ ?
– त्यतिमात्र होइन, यसले करिव नेपाल भरीबाट ३००० बढि विद्यार्थी भाइवहिनीहरूलाई गणीत प्रतियोगीतामा सहभागी गराई, नेपालको उत्कृष्ट १० जना विद्यार्थीहरु सहित सम्पूर्ण परिक्षाको रिपोर्ट हामीले नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्दन मन्त्रालयमा बुझाउने गर्छौ । यो सम्पूर्ण प्रतियोगीताहरू राष्ट्रिय स्तरको विज्ञान, प्रविविध, इन्जीनियरिङ तथा गणित (STEM) सँग सम्बन्धीत ओलम्पीयाड सन्चालनसम्बन्धी कार्यविधी २०८२ अनुसार नै हुनेछ ।
अहिलेसम्म नेपालले अन्तराष्ट्रिय गणीत प्रतियोगीताबाट पुरस्कार ल्याउन सफल भएको छ त ?
– नेपालमा इन्टरनेशनल गणित ओलम्पीयाड (IMO) को इतीहास धेरै लामो छैन विश्वमा १९५९ मा रोमानीयाबाट सुरुभएको यो प्रतियोगीता नेपालमा २०१७ बाट मात्र सुरु भएको थियो तथापी नेपालले अहिलेसम्म एउटा BRONZE MEDEL र 8 ओटा HONORABLE MENTION (H.M) जित्न सफल भएको छ र BRONZE MEDELजित्ने नेपालका पहिलो विद्यार्थी बुढानिलकण्ठ स्कुलका छात्र SHRAYANS SHRAMA BASTOLA हुन् ।
यो वर्ष कहाँ हुँदै छ र कोको जाँदै हुनुहुन्छ ।
– यो वर्ष चीनको SHANGHAI मा हुँदैछ त्यसमा मेरो नेतृत्वमा मिसन जोशी, युगान्तर कालाखेती, प्रसिद्ध थापा, आयामा आचार्य, अरिज पोख्रेल र निसान खत्री गरी ६ जना विद्यार्थीहरु जाँदैहुनुहुन्छ । जसमा टोलीको उपनेता नारायण पौडेल, संयोजकमा छवि ढुङ्गाना र प्रशिक्षकमा प्रजित अधिकारी पनि जाँदै हुनुहुन्छ ।
अहिले अन्तराष्ट्रिय स्तरमा नेपालको OLYMPIAD को अवस्था कस्तो छ त ?
– २०२५ को रिजल्ट हेर्ने हो भने पहिलो नम्बरमा चिन, दोस्रोमा अमेरिका र तेस्रोमा दक्षिण कोरीया छ । त्यसै नेपालको अवस्था भने ८१ औँ नम्बरमा छ । जसमा ११० वटा देशहरु सहभागी थिए ।
तपाईले यो प्रतियोगीता गराउँदा खेरी देशै भरी कसरी गराउनु हुन्छ ?
– हामीले हेर्नुहोस् पहिले त DISTRICT LEVEL MATHEMATICS OLYMPIAD(DMO) गराउनुमा यो नेपालमा भएका ७ प्रदेश कमिटीहरुले आफ्नो अनुकुलतालाई हेरेर केन्द्रसँग समन्वय गरी पहिलो चरणको परिक्षा गराउने गर्दछन्, त्यसपछि प्रदेश स्तरको प्रतियोयगता (PMO) केन्द्रीय कमिटीले देशैभरी एकैपटक गराउँछ । DMO र PMO चाही MCQ'S बाट गर्ने गरिन्छ । त्यसपछि SUBJECTIVE प्रश्नको परीक्षा गराउँछौ । PMO मा पास भएका विद्यार्थीहरुलाई केन्द्रले प्रशिक्षणको व्यवस्था गर्दछ । त्यसपछि थप २ ओटा परीक्षा गराएर १० जना विद्यार्थीहरु छान्छौ । अन्तर्वार्ताको माध्यमबाट अन्तीम ६ जना विद्यार्थीलाई IMO मा लाने गर्छौँ ।
तपाईहरुले यो प्रतियोगिताको खर्चको व्यवस्थापन गर्नु भएको छ ?
– कस्तो राम्रो प्रश्न गर्नुभयो ! संसारका कतिपय देशमा यो सवैको जिम्मा सरकारले लिन गर्छ तर नेपालमा हकमा भने हामीले विद्यार्थीसँगै केही रकम लिएर गर्ने गरेका छौँ । त्यसमा पनि धेरै विद्यार्थी भाइवहीनीरुबाट आउदैन । केहीले मात्र दिने गर्दछन् ।जेहेन्दार र मेहनी विद्यार्थीहरुलाई हामीले छुट पनि दिने गरेका छौँ ।
अनि अन्तराष्ट्रिय प्रतियोगीतामा जादा लाग्ने खर्च कसरी गर्नुभएको छ ?
– यो प्रतियोगीता संसारको गणीत सम्बन्धी सवैभन्दा ठुलो हो । यसमा IMO को आयोजक देशले बस्ने खाने सवै व्यवस्था गरेको हुन्छ भने जाने आउने खर्च चाहीँ विद्यार्थी आफैले गर्न पर्ने हुन्छ । कतिपय देशको हकमा भने सरकार आफैले यो व्यवस्था गरेको हुन्छ । गएको वर्ष नेपाल सरकारबाट २००००० (दुईलाख रुपैयाँ) प्राप्त भएको थियो । यस वर्ष पनि हामीले पनि नेपाल सरकारसँग यो पहल गरेका छौँ ।
अन्तिममा तपाईलाई MAN सम्बन्धी भन्नै पर्ने मन लागेका केही कुरा छन् त ?
– भन्न त कति छ कति हेर्नुहोस् नेपालमा अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (IMO) भन्ने वित्तीकै एउटा नाम हामीले विर्षनु हुँदैन LATE PROF.DR.BHADRAMAN TULADHAR , उहाँको पहलमा २०१५ मा IMO मा दर्ता भएको थियो । त्यस पछि IMO को यात्रालाई DEEPAK BASTOLA ले अगाडी बढाउनु भयो । अहिले उहाँ PHD को सिलसिलामा USA मा हुनुहुन्छ । उहाँ जाने वेलामा डा विनोद प्रसाद पन्तको नृतृत्वमा केद्रिय कमिटी बनेको थियो भने अहिले स्वयम् मेरो नेतृत्वमा काम भईरहेको छ ।
हरि प्रपन्न कँडेल (अध्यक्ष)
MATHEMATICS ASSOCIATION OF NEPAL(MAN)
LEADER NEPAL
IMO 2026 SHANGHAI, CHINA.
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक