-ख्यामकान्त अर्याल
एउटा व्यक्तिलाई पहिलो पटक भेट्नुभयो, तर केही मिनेटमै उसले तपाईंलाई विश्वास गर्यो।अर्कोतर्फ, कसैसँग धेरै पटक भेट्दा पनि सम्बन्ध राम्रो बन्न सकेन। किन यस्तो हुन्छ ? संसारका सफल मानिसहरूमा एउटा साझा खुबी हुन्छ तिनीहरू जोसँग पनि सजिलै घुलमिल हुन र विश्वास जित्न सक्छन् । यसको एउटा महत्त्वपूर्ण कारण हो Rapport Building अर्थात् विश्वास र आत्मीय सम्बन्ध निर्माण गर्ने कला।
Rapport Building भनेको के हो?
Rapport Building भनेको दुई वा बढी व्यक्तिबीच विश्वास, सम्मान, सहजता र सकारात्मक सम्बन्ध निर्माण गर्ने प्रक्रिया हो। जब दुई व्यक्तिबीच राम्रो Rapport हुन्छ, कुराकानी सहज हुन्छ, गलतकुरा कम हुन्छ, सहयोग बढ्छ, विश्वास बलियो हुन्छ, सम्बन्ध लामो समयसम्म टिक्छ। Rapport केवल बोल्ने कला होइन। यो मानिसलाई सम्मान गर्ने, बुझ्ने र जोडिने कला हो। यसलाई नेपालीमा विश्वासपूर्ण सम्बन्ध निर्माण गर्ने कला भन्न सकिन्छ। पहिलो भेटमै कसरी बलियो सम्बन्ध र विश्वास कायम गर्ने भन्नेबारे ५ वटा अचुक तरिकाहरू यहाँ बिस्तार गरिएको छ :
१. मुस्कुराउने र आखाँ जुधाउने (Smile and Eye Contact): भेट्ने बित्तिकै अनुहारमा एउटा मिठो मुस्कान राख्नुस्। यसले तपाईं सकारात्मक र मिलनसार हुनुहुन्छ भन्ने देखाउँछ। कुरा गर्दा आँखा जुधाउनुस् (Eye Contact), जसले तपाईंको आत्मविश्वास र इमानदारिता झल्काउँछ।
२. ऐना जस्तै बन्नुस् (Mirroring Technique): मनोविज्ञानमा यसलाई 'मिररिङ' भनिन्छ । अगाडिको मान्छे जसरी बोलिरहेको छ, उसको शारीरिक हाउभाउ (Body Language) र बोल्ने गतिलाई हल्का रूपमा कपी गर्नुस्। यदि उनीहरू बिस्तारै बोलिरहेका छन् भने तपाईं पनि धेरै नचिच्याउनुस् । यसले उनीहरूलाई तपाईं आफ्नै मान्छे जस्तो लाग्छ ।
३. ध्यान दिएर सुन्नुस् (Active Listening): सम्बन्ध बनाउन बोल्न मात्र होइन, सुन्न पनि जान्नुपर्छ । अर्को व्यक्तिले बोल्दै गर्दा बिचमा नकाट्नुस्। उनीहरूको कुरा ध्यान दिएर सुन्नुस् र "हजुर", "हो र ?" जस्ता शब्दहरू प्रयोग गरेर प्रतिक्रिया दिनुस् ।
४. साझा रुचि खोज्नुस् (Find Common Ground): कुराकानीको क्रममा दुवैको साझा रुचि के छ पत्ता लगाउने कोसिस गर्नुस् । जस्तै: फुटबल, फिल्म, घुमघाम, वा कुनै साझा साथी। जब साझा विषय भेटिन्छ, कुराकानी आफैं अगाडि बढ्छ ।
५. प्रशंसा र सम्मान (Genuine Compliments): मानिसहरूलाई आफ्नो प्रशंसा मनपर्छ, तर त्यो बनावटी हुनुहुँदैन। उनीहरूको लुगा, काम वा विचारको साँचो प्रशंसा गर्नुस् । यसले सम्बन्धमा मिठास थप्छ ।
Rapport किन आवश्यक छ ?
१. व्यक्तिगत सम्बन्ध सुधार्छ : परिवार, साथीभाइ र आफन्तसँग सम्बन्ध बलियो हुन्छ ।
२. कार्यस्थलमा सफलता :- अफिसमा राम्रो सम्बन्ध भएका कर्मचारीले राम्रो Teamwork गर्न सक्छन् ।
३. नेतृत्व विकास :- असल नेता आदेश मात्र दिँदैन । उहाँले विश्वास जित्छन् ।
४. व्यवसायमा सफलता:- ग्राहकले उत्पादनभन्दा पहिले विश्वास किन्छ ।
५. शिक्षा क्षेत्रमा :- विद्यार्थीले आफूलाई बुझ्ने शिक्षकबाट बढी सिक्छ ।
Rapport कसरी बनाउने ?
१. ध्यान दिएर सुन्नुहोस् :- धेरै मानिस बोल्न चाहन्छन्। तर सफल व्यक्ति राम्रो श्रोता हुन्छ। बीचमै नबोल्नुहोस् । धैर्यपूर्वक सुन्नुहोस्।
२. मुस्कानका साथ बोल्नुहोस् :- साधारण मुस्कानले पनि सम्बन्धको सुरुवात गर्न सक्छ। मुस्कानले मित्रता र सकारात्मकता देखाउँछ।
३. आँखामा आँखा मिलाएर कुरा गर्नुहोस् :- यसले आत्मविश्वास र इमानदारी देखाउँछ। तर धेरै समयसम्म घुरेर हेर्नु हुँदैन।
४. अर्को व्यक्तिको नाम प्रयोग गर्नुहोस् :- सबैलाई आफ्नो नाम प्रिय हुन्छ । जस्तै,"रामजी, तपाईंको विचार राम्रो लाग्यो।" यसले आत्मीयता बढाउँछ।
५. समान रुचि खोज्नुहोस् :- यदि दुबैलाई खेलकुद, पुस्तक, यात्रा, संगीत मन पर्छ भने कुराकानी धेरै सहज हुन्छ।
६. शरीरको भाषा सकारात्मक बनाउनुहोस् :-खुला मुद्रा, हल्का मुस्कान, सिर हल्लाउने, मैत्रीपूर्ण व्यवहार यी सबैले Rapport बढाउँछन्।
७. सम्मान देखाउनुहोस् :- सबैभन्दा ठूलो नियम यही हो। असहमति भए पनि सम्मानपूर्वक बोल्नुहोस् ।
Rapport बिगार्ने गल्तीहरू
यी गल्तीहरू नगर्नुहोस्।
❌ बीचमै कुरा काट्ने
❌ मोबाइलतिर हेर्दै कुरा गर्ने
❌ अरूको कुरा नसुन्ने
❌ आलोचना मात्रै गर्ने
❌ घमण्ड देखाउने
❌ झूट बोल्ने
❌ अरूको भावनाको बेवास्ता गर्ने
यस्ता व्यवहारले विश्वास तुरुन्तै कमजोर बनाउँछ। वास्तविक उदाहरण मानौं दुई बैंक कर्मचारी छन्।
पहिलो कर्मचारी :- ग्राहकलाई मुस्कुराएर स्वागत गर्छ । समस्या ध्यान दिएर सुन्छ । सम्मानपूर्वक समाधान दिन्छ।
दोस्रो कर्मचारी :- व्यस्त देखिन्छ । नहेरी उत्तर दिन्छ । ग्राहकको कुरा काट्छ।
तपाईं कुन कर्मचारीकहाँ फेरि जान चाहनुहुन्छ? निश्चय नै पहिलो कर्मचारी कहाँ । यही नै Rapport Building को शक्ति हो।
Rapport Building कुनै जादु होइन। यो दैनिक अभ्यासबाट विकसित हुने सीप हो।
याद राख्नुहोस्—
किनभने,
"मानिसहरूले तपाईंले के भन्नुभयो भन्ने कुरा बिर्सन सक्छन्, तर तपाईंले उनीहरूलाई कस्तो अनुभूति गराउनुभयो भन्ने कुरा लामो समयसम्म सम्झिरहन्छन्।" जब तपाईं राम्रो Rapport बनाउन सिक्नुहुन्छ, तब व्यक्तिगत जीवन, करियर, नेतृत्व, व्यवसाय, सामाजिक सम्बन्ध सबै क्षेत्रमा सकारात्मक परिवर्तन आउँछ ।"सम्बन्ध बनाउनु भनेको एकै दिनमा हुने जादु होइन, यो एउटा कला हो। यी तरिकाहरू आफ्नो दैनिक जीवनमा प्रयोग गर्नुस् र फरक आफैं देख्नुस्।"
माथिको बिचार khyam aryal academy youtube च्यानलमा सुन्न सकिन्छ l
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक