Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

देउवाले गरे पार्टीको बृहत्तर एकताका लागि अपिल

देउवाले गरे पार्टीको बृहत्तर एकताका लागि अपिल


देउवाले गरे  पार्टीको बृहत्तर एकताका लागि  अपिल


नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संस्थापनइतर पक्षले राखेको राष्ट्रिय भेलाबाट पार्टीको बृहत्तर एकताका लागि अपिल गरेका छन्। गत पुसमा भएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको बताएका देउवाले कांग्रेसमा मतभेद हुँदा लोकतन्त्र कमजोर हुने र मुलुकको राष्ट्रियता नै खतरामा पर्न सक्ने पनि बताएका थिए।

विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने काम भयो। यो विषय सर्वोच्च अदालतमा पुनरवलोकनमा छ, यसबारे म धेरै टिप्पणी गर्न चाहन्न, अदालतबाट हामीलाई न्याय हुनेमा पूर्ण विश्वस्त छु देउवाले भने। कांग्रेसभित्र भावनात्मक रूपमा एकता आवश्यक रहेको बताए। उनले लामो इतिहास बोकेको कांग्रेसभित्र चरम विवाद सिर्जना भएको अवस्था रहेको पनि बताएका थिए।

कांग्रेसभित्र भावनात्मक रूपमा एकता आवश्यक छ, यो पार्टीमा विवाद हुँदा मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ। सहमति र सहकार्यबाट मेलमिलाप गरेको अनुभव हामीसँग छ। पार्टीभित्र देखिएका असहमतिलाई सबै साथीहरूको न्याय र कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ, व्यक्ति केन्द्रित हुनु हुन्न। पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु। पार्टीका हामी सबै एकै परिवारका सदस्य हौं ।

उनले मुलुकमा राष्ट्रिय सहमति खोजेर अघि बढ्नुपर्ने पनि बताए। लोकतान्त्रिक शक्तिहरूबीच एकताका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो। बृहत्तर राष्ट्रिय सहमति खोजी संविधानप्रदत्त निकास दिन आफूले सक्दो पहल गर्ने उनले बताए।

मुलुकको विभिन्न परिस्थितिमा राष्ट्रियता र जनताको हितमा जुनसुकै भूमिकाका लागि आफूलाई तयार राखेको छु मुलुकको राजनीतिक अवस्था संवेदनशील छ। राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनुपर्छ। समाजमा अहिले पनि निराशा देखिएको छ, आशामा बदल्नुपर्छ यो दायित्व पुरानो दल कांग्रेसले लिनुपर्छ। विगतमा केही पनि भएको थिएन, जे भयो खराब भयो भन्ने भाष्य समाजमा फैलाउने हो भने त्यसले मुलुकलाई झन् कमजोर बनाउने पनि देउवाले बताए।

विगतका परिवर्तनले स्वतन्त्रता र खुला समाजको अवस्था आएको उनको भनाइ छ। अहिलेसम्म भएका राजनीतिक परिवर्तन कांग्रेसको नेतृत्वमा अरू दलको सहयोगमा भएको र यसमा आफूलाई गर्व रहेको उनले बताए।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ