Logo

मंगलवार, आश्विन ६ गते २०८३

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिबेशन सम्पन्न सभापतिमा भजिन्द्र क्षेत्री

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिबेशन सम्पन्न सभापतिमा भजिन्द्र क्षेत्री


नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिबेशन सम्पन्न सभापतिमा भजिन्द्र क्षेत्री

शोक मैनाली,सौल।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। महाधिवेशनबाट भजिन्द्र बहादुर क्षेत्री सभापतिमा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सागर माङ्मु लिम्बू र खेमराज देवकोटा, महामन्त्रीमा डा. केशव थापा र बमबहादुर तामाङ (रवि प्रताप), तथा सहमहामन्त्रीमा शिवराज केसी र विजय लामिछाने निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा इन्द्रप्रसाद लामिछाने, नारायण शर्मा, दिर्जमान लिम्बु, केदार पौडेल, भरतमणि पाण्डे, रामप्रसाद उप्रेती, पाण्डव खनाल, नन्दकुमार तामाङ, राजकुमार स्याङतान, बुद्धसिद्धि लामा, सन्दीप न्यौपाने, केशव अधिकारी, गणेश बि.सि., दिप्लव भण्डारी, राजेन्द्रप्रसाद लामिछाने तथा रमेश कुमार सिंह (सुमन) निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले नेपाली कांग्रेसको नीति, सिद्धान्त तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच संगठनलाई अझ सुदृढ, एकताबद्ध, समावेशी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका