Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

अर्जुननरसिंह केसीले पार्टी एकताबारे राखे ५ बुँदे प्रस्ताव

अर्जुननरसिंह केसीले पार्टी एकताबारे राखे ५ बुँदे प्रस्ताव


अर्जुननरसिंह केसीले पार्टी एकताबारे  राखे  ५ बुँदे प्रस्ताव

२२ भदौ,।


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टी एकताबारेका ५ बुँदे प्रस्ताव राखेका छन्। सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो। उनले आफूले राखेका प्रस्तावमाथि गम्भीर विचारविमर्श गर्न पनि आग्रह गरेका छन्।

यस्तो छ प्रस्ताव :-

१)विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो कार्य सम्पादन समितिलाई र हालको कार्यसम्पादन समिति सभापतिको नेतृत्वमा एकीकृत गर्ने।

२) विधानको सम्बन्धित धारा निलम्बित गरी केन्द्रीय कार्यसमितिको संख्या परामर्शमा आवश्यकता अनुसार बढाउने।

३) केन्द्रीय कर्यसमितिको प्रथम बैठकले निष्पक्ष महाधिवेशन गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिने।

४) कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन र अनुशासन समिति थपघट गर्ने। महाधिवेशन निष्पक्ष हुने प्रत्याभूति दिने।

५) १५ औं महाधिवेशन अन्तिम मिति सर्वसम्मत रूपमा एक महिनापछि कात्तिक १७–१९ तोक्ने। उक्त कार्यतालिका कुनै पनि बहानामा नसार्ने गरी समितिले पूर्णप्रतिबद्धता जनाउने।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ