Logo

बुधवार, भाद्र ३१ गते २०८३

कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्नु

कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्नु


कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश  नगर्नु
२६ भदौ, कामना।

राप्रपाले ४ जिल्लामा पत्र पठाएर कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्न भनेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले काठमाडौं, चितवन, दोलखा र धादिङ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै उक्त आग्रह गरेका हुन्।

कारबाहीमा परेर साधारण सदस्यबाट निस्कासन भएका काठमाडौंका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङलाई कुनै निकायमा समावेश नगर्न भनिएको हो। कारबाही प्रक्रियामा रहेका दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौंका नुरज बज्राचार्य र धादिङका डम्बर तामाङलाई पनि पार्टीको कुनै पनि निकायमा समावेश नगर्न भनिएको पार्टीले जनाएको छ।

 

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३