Logo

मंगलवार, आश्विन ६ गते २०८३

गणेशमानको आदर्श आत्मसात् गर्दै कांग्रेसलाई सशक्त बनाउने गगनको संकल्प

गणेशमानको आदर्श आत्मसात् गर्दै कांग्रेसलाई सशक्त बनाउने गगनको संकल्प


गणेशमानको आदर्श आत्मसात् गर्दै कांग्रेसलाई सशक्त बनाउने गगनको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमार्फत पार्टीलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका छन् । 

लौहपुरुष तथा सर्वोच्च नेता गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गर्दै उनले १५औँ महाधिवेशनमार्फत पार्टीलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरेका हुन् । 

गणेशमान सिंहले लोकतन्त्रका लागि गरेको त्याग, देखाएको साहस र सिद्धान्तप्रतिको निष्ठा नेपाली राजनीतिकै लागि अमर मार्गदर्शन भएको सभापति थापाको भनाइ छ । 

पार्टी अहिले १५औँ महाधिवेशनको संघारमा रहेको उल्लेख गर्दै उनले यो महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित नराखी संगठन र व्यवहारमा नै अग्रजहरूका लोकतान्त्रिक आदर्शलाई पुनर्जागृत गराउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।

समय र चुनौती बदलिए पनि लोकतन्त्र, जनताप्रतिको उत्तरदायित्व र कठिन परिस्थितिमा सही पक्षमा उभिने साहसको सान्दर्भिकता झनै बढेको थापाको भनाइ छ । 

नयाँ पुस्ताको विश्वास जित्दै र समयको मागलाई सम्बोधन गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउन सबै नेता तथा कार्यकर्तालाई एकबद्ध हुन उनले आह्वान समेत गरेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका