जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्द चोकस्थित एउटा घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । आगोले जलेर महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
घरायसी सामानसहित तीन लाख रुपैयाँबराबरको क्षति भएको छ । शनिबार (असोज ३) राति आगलागी भएको हो ।
विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
रासस
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका