Logo

आइतवार, आश्विन १८ गते २०८३

अ

नेपाली काङ्ग्रेस स्याङ्जाको पालिकामा अधिबेशनमा को को भए सभापती 

नेपाली काङ्ग्रेस स्याङ्जाको पालिकामा अधिबेशनमा को को भए सभापती 


नेपाली काङ्ग्रेस स्याङ्जाको पालिकामा अधिबेशनमा को को भए सभापती 

पूजा खड्का, कमाना न्यूज। 

एघार पालिका भएको स्याङ्जामा नेपाली काङ्ग्रेसको नगर नेतृत्व चयन प्रक्रिया  सकिएको छ । नेपाली काङ्ग्रेस पन्ध्रौं महाधिवेशनको तालिका अन्तर्गत बुधबार स्थानीय तहको निर्वाचन मिति तय गरिएको भए पनि कालीगण्डकी गाउपालिकामा बिहिबार निर्बाचन पश्चात् दोस्रो चरणको पालिका अधिबेशन सम्पन्न भएको छ।

६ गाउँ पालिका र ५ नगरपालिका रहेको स्याङ्जामा पाच पालिका सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाकी ६ वटा पालिका मध्य पाच पालिकामा बुधबार चुनाब भएको र कालीगण्डकी गाउपालिकामा बिहिबार चुनाब भएको हो।

आधिखोला गाउपालिका, हरिनास गाउपालिका, गल्याङ्ग नगरपालिका, बिरुवा गाउपालिका, फेदिखोला गाउपालिकामा सर्बसम्मत नेतृत्व चयन भएको छ। त्यसै गरि बाकी पालिकामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हुदा चुनाब भएको नेपाली काङ्ग्रेसका स्याङ्जा जिल्ला सचिब दामोदर लम्सालले जानकारी दिनुभयो।

आधिखोला गाउपालिका सभापतीमा अनिल ढकाल, बिरुवा गाउपालिका सभापतीमा लाल बहादुर हमाल, गल्याङ्ग नगरपालिका सभापतीमा श्याम प्रसाद बस्याल, हरिनास गाउपालिका सभापतीमा बाल कृष्ण सिग्देल, फेदिखोला गाउपालिका सभापतीमा महेन्द्र थापा सर्बसम्मत रुपमा पालिका सभापती बन्नु भएको छ।

भिरकोट नगरपालिकामा नन्दलाल खनाल १९४ मत सहित पालिका सभापतीमा निर्बाचित हुनु भएको छ। उहाको प्रतिस्पर्धामा तारा प्रसाद अर्याल ले १६७ मत प्राप्त गर्दै उपबिजेता हुनु भएको छ। त्यसै गरि अर्जुनचौपारी गाउपालिकामा हरि काफ्ले ९९ मत सहित निर्बाचित हुनु भएको छ। उहाको प्रतिस्पर्धि सालिक राम काफ्ले  ले ५६ मत प्राप्त गर्दै उपबिजेता बन्नु भएको छ।

पुतलीबजार नगरपालिकामा सुरज कुमार अधिकारी २५९ मत प्राप्त गरि निर्बाचित हुनु भएको छ भने उहाको प्रतिस्पर्धामा रहनु भएको लेखनाथ शर्मा ले १९१ मत प्राप्त गरि उपबिजेता रहनु भएको छ। वालिङ नगरपालिकामा पदम गुरुङ २६९ मत प्राप्त गर्दै नगर सभापतिमा निर्बाचित हुनु भएको छ। उहाको प्रतिस्पर्धामा बोधराज कुवरले २६६ मत प्राप्त गरि उपबिजेता हुनु भएको छ। त्यहा ७ मत बदर भएको देखिन्छ ।

त्यसै गरि चापाकोट नगरपालिकामा बिक्रम सारु निर्बाचित हुनु भएको छ। उहाले २४२ मत प्राप्त गरेर सभापतिमा निर्बाचित रहनु भएको छ भने उहाको प्रतिस्पर्धीमा बिस्वास पुरी ले ९८ मत र राम बहादुर श्रेष्ठले ५८ मत प्राप्त गर्दै उपबिजेता बन्नु भएको छ।त्यसै गरि कालीगण्डकी गाउपालिकामा बिहिबार चुनाब हुदा नारायण भट्टराई पालिका सभापतिमा निर्बाचित हुनु भएको छ। उहाले ११७ मत प्राप्त गर्दै निर्बाचित हुनु भएको हो भने उहाको प्रतिस्पर्धि चक्रपाणि पाण्डेले १०१ मत प्राप्त गर्दै उपबिजेता बन्नु भएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ